तत्काल लेबनान छाड्न बेलायतपछि अमेरिकाको उर्दी – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

तत्काल लेबनान छाड्न बेलायतपछि अमेरिकाको उर्दी

काठमाडौं। संयुक्त अधिराज्य (बेलायत)पछि संयुक्त राज्य अमेरिका सरकारले पनि आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न आग्रह गरेको छ।

मध्यपूर्वमा बढ्दो तनावलाई लिएर लेबनानको राजधानी बेरुतस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई आइतवार यस्तो आग्रह गरेको हो।

‘जस्तो टिकट मिल्छ तुरुन्त लेबनान छोड्नु’ दूतावासले भनेको छ। बुधवार तेहरानमा हमास नेता इस्माइल हनियाको मृत्युपछि इरानले इजरायलमाथि जवाफी फायर गर्ने चेतावनी दिएको छ।

इजरायलले बेरुदमा हिजबुल्लाहका सैन्य कमान्डर फौद शुक्र मारिएको दाबी गरेको केही घण्टापछि नै हनियाको पनि मृत्यु भएको खबर आएको थियो।

यसको जवाफमा हिजबुल्लाहले शनिवार राति लेबनानबाट उत्तरी इजरायलको बेत हिलेल इलाकामा केही रकेट प्रहार गरेको थियो। तर ती सबै रकेट प्रहारलाई इजरायलले निस्तेज पारेको थियो।

सम्बन्धित समाचार

कच्चा तेलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक हो : आयल निगम
कच्चा तेलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक हो : आयल निगम
  • २०८१ श्रावण २०, १३: ४१

काठमाडौँ : नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको...

ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
  • २०८१ श्रावण २०, १३: ४१

ललितपुर : ऐतिहासिक तथा सांस्कृतिक रूपमा ललितपुरमा मनाउँदै आएको उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ...

आशा भोसलेको स्मृतिमा काठमाडौंमा ‘कला संवाद’
आशा भोसलेको स्मृतिमा काठमाडौंमा ‘कला संवाद’
  • २०८१ श्रावण २०, १३: ४१

काठमाडौं : भारतीय राजदूतावास काठमाडौँले आफ्नो नियमित सांस्कृतिक शृङ्खला ‘कला संवाद’ अन्तर्गत शुक्रबार एक विशेष साङ्गीतिक साँझको आयोजना गरी स्वर्गीय...