कर्णाली प्रदेश सरकारमा कांग्रेसको इन्ट्रीः चार मन्त्रीले लिए शपथ – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

कर्णाली प्रदेश सरकारमा कांग्रेसको इन्ट्रीः चार मन्त्रीले लिए शपथ

बीरेन्द्रनगर। कर्णाली प्रदेशको सरकारमा नेपाली कांग्रेसका चार जना प्रदेश सभा सदस्यहरु समावेस भएका छन्।

कांग्रेसका तर्फबाट चार मन्त्रीले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। ती मन्त्रीले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष पद तथा गोपनियताको सपथ लिएका हुन्।

राजीव विक्रम शाह आर्थिक मामिला तथा योजना मन्त्री, घनश्याम भण्डारी सामाजिक विकास मन्त्री, सुरेश अधिकारी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र विजया बुढा जलस्रोत तथा ऊर्जा विकासमन्त्री बनेका छन्।

नवनियुक्त मन्त्रीहरूले आइतबार नै पदभार ग्रहण गरेका छन्। ८ सदस्यीय मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित तीन मन्त्रालय एमाले र ४ कांग्रेसले पाएको छ।

कांग्रेस सरकारमा सहभागी भएसँगै मुख्यमन्त्री कँडेलले सोमबार संसदबाट विश्वासको मत लिने भएका छन्।

४० प्रदेश सभा रहेको कर्णालीमा १४ सांसदसहित कांग्रेस पहिलो दल हो भने एमाले १० सांसद सहित तेश्रो ठूलो दल हो। कर्णालीमा माओबादी केन्द्रका १३, राप्रपा, नेकपा एकीकृत समाजबादी र स्वतन्त्र गरी १–१ जना सांसद छन्।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ श्रावण २०, १५: ५३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ श्रावण २०, १५: ५३

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ श्रावण २०, १५: ५३

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...