
काठमाडौं। नेकपा एकीकृत समाजबादीका नेत तथा पूर्वराज्यमन्त्री नागेन्द्र राय यादव नेकपा एमाले प्रवेश गरेका छन्।
उनी केही समयअघि मधेसमा मन्त्री बनेका थिए। एमाले मुख्यालयमा आयोजित कार्यक्रममा उनीसहित मधेसमा विभिन्न दलका नेता तथा कार्यकर्तालाई एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका छन्।
सो क्रममा अध्यक्ष ओलीले इमान्दारीताका साथ पार्टी, देश र जनतामा केन्द्रित भई काम गर्न निर्देशन दिए। गुटका पछाडि नभई पार्टीका पक्षमा दृढ रूपमा उभिनुपर्ने भन्दै उनले विभिन्न कठिनाई, षडयन्त्रलाई चिरेर अहिलेको अवस्थामा आइपुगेको बताए।
एमाले प्रवेश गरेका यादवले कम्युनिष्टलाई समाप्त पार्ने गरी नेकपा एस अघि बढेकाले मूल घर फर्किएको बताए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...