
धनगढी। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त नेपाली काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले आज सपथ लिने भएका छन्।
आइतबार बिहान नेकपा एमालेको समर्थनमा दाबी पेस गरेका शाहलाई प्रदेश प्रमुख नजिर मियाँले बेलुकी नै मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।
शाह दोस्रोपटक सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। पहिलो पटक २६ माघ २०७९ मा मुख्यमन्त्री बनेका शाहले २२ चैतमा राजनीतिक समीकरण फेरिएपछि राजीनामा दिएका थिए।
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नाजिर मियाँले शाहलाई आज पद तथा गोपनियताको सपथ गराउने भएका हुन्।
कांग्रेस संसदीय दलका नेता शाहलाई नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीका सांसदहरुको समर्थन छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...