
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली अभिनित चलचित्र ‘नमेटिने घाउ’को पोष्टर सार्वजनिक भएको छ।
रमित ढुंगाना निर्देशित सो चलचित्रको सोमबार पोस्टर सार्वजनिक गर्दै आगामी भदौ ७ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ।
पोस्टरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्राथमिकता दिएर पोष्टर सार्वजनिक गरिएको छ।
चलचित्रमा ओलीले प्रधानमन्त्रीकै रोलमा अतिथि भूमिका गरेका छन्। शनिबार उनले काठमाडौंको एक स्टुडियोमा स्वराङ्कन गरेका थिए।
चलचित्रमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसदहरू देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाही लगायत नेपाल प्रहरीका केही अफिसरहरूको पनि भूमिका रहेको छ।
एसिड सर्भाइभरको वास्तविक जीवनीमा आधारित चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितको कथालाई समेटिएको निर्माण पक्षले जनाएको छ।
चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी, आरजु लेखक लगायतको अभिनय छ।
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
काठमाडौं : आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...