
ढाका । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले पदबाट राजिनामा दिँदै हेलिकोप्टरबाट देश छाडेकी छन्।
सरकारको आरक्षण नीति विरुद्ध शुरु भएको आन्दोलन सरकारले सो नीति फिर्ता लिए पनि मत्थर भएको थिएन। प्रधानमन्त्री शेख हसिनाबिरुद्ध लक्षित आन्दोलनले उग्र रुप लिँदा आइतबार एकै दिन ९० प्रदर्शनकारीको मृत्यु भएको थियो।
सोमबार ढाकामा अनिश्चितकालिन कर्फ्यू लागू गरे पनि करिव चार लाख बढी प्रदर्शनकारी सडकमा उत्रिएपछि प्रधानमन्त्रीले पदबाट राजिनामा दिएर निवास छाडेकी छन्।
बिबिसी बंग्लाका अनुसार राजिनामा दिएकी प्रधानमन्त्री शेख हसिना हेलिकोप्टर चढेर विदेशिएकी छन्। उनी सम्भवत छिमेकी देश भारत जान सक्ने आंकलन गरिएको छ।
यता आन्दोलनकारीहरुले प्रधानमनन्त्री निवासमा प्रवेश गरी कब्जामा लिएका छन् भने त्यहाँ तोडफोड शुरु भएको छ।
बंगलादेशमा गत महिनादेखि आरक्षणको विरोधमा आन्दोलन हुँदै आएको छ । तर शेख हसिनाले आन्दोलनमा उठेका माग सम्बोधन गर्न चासो देखाएकी थिइनन् ।
सरकारी रोजगारीमा लागू भएको कोटा प्रणालीविरुद्ध विद्यार्थीहरुले आन्दोलन थालेका थिए । आन्दोलन चर्किएपछि अदालतले कोटा प्रणालीमा ठूलो सुधार गर्ने आदेश दियो। तर आन्दोलन रोकिएन।
पछिल्लो दिन प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै आन्दोलन चर्किएको थियो। आन्दोलनकारी प्रधानमन्त्री निवास गण भवनभित्रै प्रवेश गरेका छन् । त्यहाँबाट टेबुल कुर्सीहरु बाहिर निकालेका छन्।
ढाकामा सोमबार मात्र प्रदर्शनका क्रममा ६ जनाको मृत्यु भएको छ। राजधानी ढाकामा गाउँगाउँबाट समेत प्रदर्शनका लागि मानिसहरू आएको समाचारमा उल्लेख छ।
काठमाडौँ : नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको...
ललितपुर : ऐतिहासिक तथा सांस्कृतिक रूपमा ललितपुरमा मनाउँदै आएको उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ...
काठमाडौं : भारतीय राजदूतावास काठमाडौँले आफ्नो नियमित सांस्कृतिक शृङ्खला ‘कला संवाद’ अन्तर्गत शुक्रबार एक विशेष साङ्गीतिक साँझको आयोजना गरी स्वर्गीय...