प्रधानमन्त्री हसिना भारत पुगेपछि सेना प्रमुख वाकरको घोषणा ‘अन्तरिम सरकार बनाइन्छ’ – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper
बंगलदेशको सत्ता सेनाको नियन्त्रणमा

प्रधानमन्त्री हसिना भारत पुगेपछि सेना प्रमुख वाकरको घोषणा ‘अन्तरिम सरकार बनाइन्छ’

काठमाडौं। बंगलादेशमा हिंसा भड्किएसँगै पदबाट राजिनामा दिएर प्रधानमन्त्री शेख हसिना वाजेद विदेशिएपछि बंगलादेश सेना प्रमुख जनरल वाकर उज जमानले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन्।

प्रधानमन्त्री शेख हसिनाले देश छाडेलगत्तै सेनाले शासनसत्ता हातमा लिएको कुरा पत्रकार सम्मेलन गरेर जनाएको हो।

सेना प्रमुख वाकर उजले हिंसा अन्त्य गर्न सबै दललाई आग्रह गर्दै सबै दललाई अन्तरिम सरकार निर्माणमा सहयोग गर्न आव्हान गरेका छन् ।
‘हामी अन्तरिम सरकार बनाउने छौं। यसले बंगलादेशका लागि काम गर्नेछ’ पत्रकार सम्मेलनमा वाकर उजले भने।

यता शेख हसिना भने सेनाको बटालियनको सुरक्षामा हेलिकोप्टरमार्फत भारतको त्रिपुरा राज्यको राजधानी अगरतल्ला पुगेकी छन्।

विविसी हिन्दीका अनुसार उनी त्यहाँ सुरक्षीत रहेकी छन्। उनले देश छाडेपछि प्रधानमन्त्रीको सरकारी निवास गणभवनमा तोडफोड, आगजानी र लुटपाट भएको जनाइएको छ।

गत असार ९ गते अर्थात जुन २३ मा मात्रै सेना प्रमुखको जिम्मेवारी लिएका वाकर उज जमान डिसेम्वर २०, १९८५ मा जन्मिएका हुन्।

वाकर उलले डिफेन्स स्टडिजमा वेलायतको किङ्गस कलेज युनिभर्सिटी र नेसनल युनिभर्सिटी अफ बंगलादेशबाट स्नातकोत्तर गरेका छन्। उनले बेलायतबाटै डिफेन्स कोर्ष पुरा गरेका हुन्।

 

सम्बन्धित समाचार

कच्चा तेलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक हो : आयल निगम
कच्चा तेलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक हो : आयल निगम
  • २०८१ श्रावण २१, १६: २८

काठमाडौँ : नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको...

ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
  • २०८१ श्रावण २१, १६: २८

ललितपुर : ऐतिहासिक तथा सांस्कृतिक रूपमा ललितपुरमा मनाउँदै आएको उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ...

आशा भोसलेको स्मृतिमा काठमाडौंमा ‘कला संवाद’
आशा भोसलेको स्मृतिमा काठमाडौंमा ‘कला संवाद’
  • २०८१ श्रावण २१, १६: २८

काठमाडौं : भारतीय राजदूतावास काठमाडौँले आफ्नो नियमित सांस्कृतिक शृङ्खला ‘कला संवाद’ अन्तर्गत शुक्रबार एक विशेष साङ्गीतिक साँझको आयोजना गरी स्वर्गीय...