नेपाली दूतावास ढाकाको आग्रह ‘आफू बसेको स्थानमा सुरक्षित रहनू’ – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

नेपाली दूतावास ढाकाको आग्रह ‘आफू बसेको स्थानमा सुरक्षित रहनू’

ढाका। ढाकास्थित नेपाली दूतावासले बंगलादेशमा रहेका सम्पूर्ण नेपालीलाई आफू बसेको स्थानमा सुरक्षित बस्न आग्रह गरेको छ।

राजदूतावासले सोमबार एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। बंगलादेशमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएपछि यस्तो सूचना जारी गरिएको हो।

दूतावासबाट जारी सूचनामा ’हिंसात्मक प्रदर्शन भइरहेको सन्दर्भमा बङ्गलादेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई आफू बसेको स्थानमा सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन अनुरोध छ। नेपाल फर्किन चाहने विद्यार्थी तथा नेपालीले दूतावाससँग समन्वय गरी सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछि मात्र यात्रा गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’

उक्त सूचनामा बङ्गलादेशमा अध्ययनरत अधिकांश नेपाली विद्यार्थी नेपाल फर्किसकेको, बाँकी करिब ४ सय विद्यार्थीसहित सम्पूर्ण नेपाली सुरक्षित रहेको र उनीहरू दूतावाससँगको नियमित सम्पर्कमा रहेको उल्लेख छ ।

बङ्गलादेशमा कोटा विरोधी आन्दोलन पुनः चर्किएर हिंसात्मक प्रदर्शन भइरहेको छ। साथै सरकारले अनिश्चितकालीन कर्फ्यु आदेश जारी छ।

बंगलादेशमा हिंसा भड्किएपछि प्रधानमन्त्री शेख हसिना वाजेद भागेर भारतको अगरतला पुगेकी छन् भने सेना प्रमुखले शासन सत्ता हातमा लिँदै अन्तरिम सरकार निर्माणमा सहयोग गर्न दलहरुलाई आग्रह गरेका छन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ श्रावण २१, १८: १५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ श्रावण २१, १८: १५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०८१ श्रावण २१, १८: १५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...