
काठमाडौं। नेपालमा रहेका वाणिज्य बैंकहरूले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्। विवरणअनुसार सबै वाणिज्य बैंकहरूको औसत खुद नाफा एक वर्षको अवधिमा १३.४० प्रतिशत बढेको छ।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले गत आर्थिक वर्षमा ६४ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएका हुन् । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ५६ अर्ब ५८ करोड रुपैयाँ थियो।
गत आर्थिक वर्षमा नबिल बैंकले सबैभन्दा धेरै ७ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ भने माछापुच्छ्रे बैंकको नाफा सबैभन्दा कम १ अर्ब २५ करोड रुपैयाँ छ।
१० बैंकको नाफा बढेको देखिन्छ भने १० को घटेको छ । यद्यपि मर्ज तथा एक्वीजिसनका कारण केही बैंकको नाफा बढेको देखिए पनि वास्तविकतामा घटेको छ।
प्रभु बैंकको नाफा वृद्धिदर सबैभन्दा धेरै छ। यो बैंकले आर्थिक वर्ष २०७९–०८० मा २८ करोड नाफा गरेको थियो तर आर्थिक वर्ष ०८०–०८१ मा ४ अर्ब ४८ करोड नाफा गरेको छ।
त्यस्तै, दोश्रो धेरै नाफा बृद्धि गर्नेमा प्राईम कमर्सियल बैंक छ। यसले आफ्नो नाफा १ अर्ब ३ करोडबाट बढाएर ३ अर्ब ७७ करोड पुर्याएको छ।
एनएमबी बैंकको भने नाफा दर घटेको छ। एनएमबीको नाफा ३ अर्ब ७७ करोडबाट घटेर २ अर्ब ३४ करोडमा सिमित भएको छ।
बैंकहरुको नाफा उच्च देखिए पनि वितरणयोग्य नाफा न्यून छ। पाकिसकेको साँवा, ब्याज रकम पनि समयमै उठ्न नसक्दा कतिपय बैंकको वितरणयोग्य नाफा नै ऋणात्मक छ।
नविल बैंकको कूल नाफा भने सबैभन्दा माथि छ। नविलले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा १०.३१ प्रतिशतले नाफामा बृद्धि गरेको छ। नविलको नाफा ६ अर्ब ४० करोडबाट बढेर ७ अर्ब ६ करोड पुगेको हो।
२० बैंकको औसत वितरणयोग्य नाफा १८ अर्ब ५८ करोड रुपैयाँ छ। गत आर्थिक वर्षमा हिमालयन, कुमारी र एनआईसी एसिया बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ।
हिमालयन, कुमारी, एनआईसी एसिया र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक सञ्चित नोक्सानीमा छन्। वितरणयोग्य नाफामा भने एभरेष्ट बैंक रहेको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...