नेप्सेमा हालसम्मकै उच्च २३ अर्ब ७१ करोडको कारोबार, ५.१८ प्रतिशतले गिरावट – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

नेप्सेमा हालसम्मकै उच्च २३ अर्ब ७१ करोडको कारोबार, ५.१८ प्रतिशतले गिरावट

काठमाडौं। नेपाली धितोपत्र बजारमा हालसम्मकै उच्च रकम र उच्च अंकको करेक्सन भएको छ। यस दिन नेप्सेमा हालसम्मको सबैभन्दा धेरै २३ अर्ब ७१ करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ।

साताको कारोबारको दोश्रो दिन मंगलबार नेप्से परिसूचक ५.१८ प्रतिशत अर्थात १४५.०५ अंक घटेर २६५१.३२ विन्दुमा झरेको छ।

सेन्सेटिभ इण्डेक्स पनि २७.२२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १०.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ९.९१ अंक घटेको छ।

आज नेप्सेमा ३२२ स्टक कम्पनीका २ लाख ७१ हजार ५८७ पटकको कारोबारमा यति धेरै रकमको कारोबार भएको हो।

यस अघि गत साता बुधबार (साउन १६ गत) नेप्सेमा २१ अर्ब ९१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो। तर आजको भोलमले साउन १६ को रेकर्ड तोडेको हो।

नेप्से उच्च अंक घटेपनि यस दिन थ्रिस्टार हाइड्रोपावर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको शेयरमूल्य ६८ रुपैयाँ ६० पैसा बढेर ७५४ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ।

त्यस्तै, यस दिन कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ।

आज ८ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेपाल फाइनान्स, गोर्खाज फाइनान्स, सेन्ट्रल फाइनान्स, पञ्चकन्या माई हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, शुभम पावर, हाथवे इन्भेष्टमेन्ट र ओरियन्टल होटलको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १ अर्ब ३९ करोड ७८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस्तै, नेपाल रि इन्स्योरेन्सको ४८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने सिईडिबी हाइड्रोपावरको ४३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक ८ प्रतिशतभन्दा बढी घटेको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ श्रावण २२, १७: ४७

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०८१ श्रावण २२, १७: ४७

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ श्रावण २२, १७: ४७

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...