
काठमाडौं। जनताले गाँस कटाएर बुझाएको करबाट मोज गर्नकै लागि प्रदेश संसद र सरकार निर्माण हुने गरेको भन्दै आलोचना भइरहँदा मधेश प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहले सत्ता टिकाउनकै लागि मन्त्रालय र मन्त्रीको सङ्ख्यामा ठूलो बृद्धि गरेका छन्।
डा.सीके राउत नेतृत्वको जनमत पार्टी मधेश प्रदेश संसदीय दलको तर्फबाट मुख्यमन्त्री निर्वाचित सिंहले मंगलबार ५ जना राज्यमन्त्री थपेर मन्त्रिपरिषद २० सदस्यीय पुर्याएका छन्।
मधेस सरकारमा मुख्यमन्त्रीसहित १२ मन्त्रालयमा थप ८ राज्यमन्त्री थपेर सत्ताको चरम दुरुपयोग गरिएको छ।
यो मधेश प्रदेशमा अहिलेसम्मको सबैभन्दा ठुलो मन्त्रिपरिषद हो। मंगलबार एमालेबाट मो. जयद आलम भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त भएका छन्।
कांग्रेसबाट रेखा ठाकुर भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र निलम कुमारी रजक उर्जा, सिंचाइ, सरसफाइ तथा खानेपानी राज्यमन्त्री, लोसपाबाट रामबाबु यादव शिक्षा तथा संस्कृति राज्यमन्त्री र जनमतबाट सम्भु साह उद्योग, पर्यटन तथा राज्यमन्त्रीमा नियुक्त भएका छन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...