
काठमाडौं। रसुवा जिल्लाको सदरमुकाम स्याफ्रुबेसीतर्फ उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ।
नुवाकोट प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार शिवपुरी ७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको हो।
सो स्थानमा सुरक्षाकर्मीको ठूलो टोली पुगेर उद्धारको काम भइरहेको छ। हेलिकप्टर दुर्घटना स्थलमा आगलागी भइरहेको र उद्धार कार्य जारी छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअनुसार सो हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाइरहेका थिए।
एयर डाइनेस्टीको दर्ता नम्बर ९एन–एजेडी हेलिकप्टर त्रिभुवन विमानस्थल स्रोतका अनुसार हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो। सूर्यचौर भन्ने स्थानमा पुगेपछि हेलिकोप्टरसँग सम्पर्क विच्छेद भएको थियो।
एयर डाइनेस्टीको हेलिकोप्टरमा चारजना चिनियाँ नागरिक रहेको कम्पनीले जनाएको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...