
हेटौंडा। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य दीपक बहादुर सिंहले एक वर्षको तलब आँखा अस्पताललाई प्रदान गरेका छन्।
सांसद निर्वाचित भयपछि आफुले प्राप्त गर्ने एक बर्षको तलब बराबरको रकम हेटौंडा सामुदायिक आँखा अस्पताललाई हस्तान्तरण गर्ने प्रतिबद्धता अनुसार उनले ९ लाख ९९ हजार ९ सय ९९ सय रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
हेटौंडामा मंगलबार आयोजित एक कार्यक्रममा सांसद सिंहले नेत्र विशेषज्ञ डा.सन्दुक रूइत मार्फत हेटौंडा सामुदायिक आँखा अस्पताललाई हस्तान्तरण गरेका हुन्।
एक वर्षको तलब ६ लाख १२ हजार रुपैयाँमा थप ३ लाख ८७ हजार थपेर आँखा अस्पताललाई हस्तान्तरण गरेको सिंहले बताए ।
जनताको सेवकको रुपमा काम गर्ने कसम खाएको स्मरण गर्दै उनले जनतासंग गरेको मध्य एउटा कसम पुरा गरेको बताए।
सिंह मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...