
काठमाडौं। नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर–७ स्थित सूर्यचौरको डाँडामा ठोक्किएर दुर्घटना भएको एयर डाइनेस्टीमा सवार पाँचै जनाको ज्यान गएको छ।
प्रहरीले दुर्घटनास्थलमा जलेको अवस्थामा पाँचजनाको शव भेटिएको जनाएको छ। नागरिक उड्ययन प्राधिकरणका अनुसार एयर डाइनेष्टीको नाइन एन–एजेडी कलसाइन भएको यो हेलिकप्टर रसुवातर्फ चार जना चिनियाँ नागरिक लिएर जाँदै थियो।
जलिरहेको अवस्थामा भेटिएको हेलिकोप्टरको आगो निभाउन प्रहरी र स्थानीयबासीले प्रयास गरे पनि सम्भव नभएको प्रहरीले जनाएको छ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बुधबार दिउँसो १.५४ मा उडेको हेलिकप्टर तीन मिनेटमै एयर ट्राफिक कन्ट्रोलबाट सम्पर्कविहीन बनेको थियो।
हेलिकप्टरमा सवारमध्ये दुईजना पुरुष र दुईजना महिलाको शव भेटिएको छ। पाइलटको पनि शव घटनास्थलमा भेटिएको छ। एउटा शव धेरै जलेकाले पहिचानमा कठिनाइ भएको प्रहरीले जनाएको छ।
को को थिए ?
क्याप्टेन-अरुण मल्ल
चिनियाँ पर्यटकहरू
१. जुदाड टाङ (पुरुष),
२. जिली (पुरुष),
३. जेमिङ सी (पुरुष)
४। यियाद वु (महिला)
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...