अन्तरिम सरकार प्रमुख युनुस भन्छन्, ‘नयाँ पीँढीका लागि अद्भुत बंगलादेश बनाउनुपर्छ’ – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

अन्तरिम सरकार प्रमुख युनुस भन्छन्, ‘नयाँ पीँढीका लागि अद्भुत बंगलादेश बनाउनुपर्छ’

काठमाडौं। बंगलादेशको अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसले बंगलादेशबासीलाई शान्त रहन र देश बनाउन एकजुट हुन अपिल गरेका छन्।

उनले एक विज्ञप्ति जारी गर्दै सबैलाई शान्त रहन र सबै प्रकारका हिंसाबाट टाढै रहन अपिल गरेका छन्।

युनुस सेन्टरबाट जारी विज्ञप्तिमा लेखिएको छ, ‘सबै विद्यार्थी, सबै राजनीतिक दलका सदस्य र गैरराजनीतिक सबै व्यक्तिलाई शान्त रहन आह्वान गर्दछु। यो हाम्रो सुन्दर देशमा धेरै राम्रा सम्भावनाहरु छन्, हामीले यसको रक्षा गर्नुपर्छ। हाम्रो लागि र हाम्रो नयाँ पिँढीका लागि एक अदभूत देश बनाउनुपर्दछ।’

८४ वर्षीय महम्मद युनुस निवर्तमान प्रधानमन्त्री शेख हसिना वाजेदका प्रतिद्वन्द्वी हुन्। उनी गरिबहरुको बैंकरका रुपमा चिनिन्छन्। उपचारको सिलसिलमा फ्रान्सको राजधानी पेरिसबाट दुबई हुँदै बुधबार राजधानी ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदै छन्।

उनले आज शपथ ग्रहण गर्दै छन्। उनले आजै सल्लाहरकार परिषद् पनि गठन गर्ने छन्।

शपथ ग्रहण समारोह राति आठ बजे हुने छ। उनले १५ सदस्यीय सल्लाहकार परिषद गठन गर्ने सम्भावना रहेको मिडिया रिपोर्टहरुमा उल्लेख छ ।

विद्यार्थीहरुले सुरु गरेको आरक्षण विरोधी आन्दोलन थेग्न नसकेपछि शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिँदै देश छाडेर भारत गएपछि विद्यार्थीका प्रतिनिधिको सिफारिसमा र सेना समेतको पहलमा युनुस अन्तरिम सरकार प्रमुख बनेका हुन्।

सम्बन्धित समाचार

कच्चा तेलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक हो : आयल निगम
कच्चा तेलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक हो : आयल निगम
  • २०८१ श्रावण २४, १५: ४९

काठमाडौँ : नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको...

ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
  • २०८१ श्रावण २४, १५: ४९

ललितपुर : ऐतिहासिक तथा सांस्कृतिक रूपमा ललितपुरमा मनाउँदै आएको उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ...

आशा भोसलेको स्मृतिमा काठमाडौंमा ‘कला संवाद’
आशा भोसलेको स्मृतिमा काठमाडौंमा ‘कला संवाद’
  • २०८१ श्रावण २४, १५: ४९

काठमाडौं : भारतीय राजदूतावास काठमाडौँले आफ्नो नियमित सांस्कृतिक शृङ्खला ‘कला संवाद’ अन्तर्गत शुक्रबार एक विशेष साङ्गीतिक साँझको आयोजना गरी स्वर्गीय...