‘हवाई सुरक्षामा अधिक कठोरसम्मको निर्णय लिन्छु’ मन्त्री पाण्डे – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

‘हवाई सुरक्षामा अधिक कठोरसम्मको निर्णय लिन्छु’ मन्त्री पाण्डे

काठमाडौं। मन्त्री भएको २३ दिनमै २ वटा हवाई दुर्घटना भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाई सुरक्षाका लागि आफू अधिकतम लचकतादेखि कठोरसम्मको निर्णय लिने बताएका छन्।

मन्त्री पाण्डेले बुधबार राति सामाजिक सञ्जालमार्फत उनले हवाई सुरक्षालाई उच्चतम प्राथिमकतामा राखेर आजैदेखि तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारका पहल थालनी गर्ने जनाएका हुन्।

उनले अतिजरुरीबाहेक सबै पूर्वनिर्धारित कार्यक्रम स्थगन गरी आगामी एक साता हवाई सुरक्षाका विषयमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले त्यसका लागि आवश्यक कदम चाल्न मन्त्रालय र माताहतका निकायलाई परिचालन गर्ने जनाएका छन्।

नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा बुधबार एयर डाइनोस्टीको हेलिकप्टर दुर्घटनामा परी पाइलट अरुण मल्लसहित चारजना चिनियाँ नागरिकको मृत्यु भएको थियो।

मुलुकको उड्डयन क्षेत्रले भोग्नुपरेको नियति र हवाई क्षेत्रका समस्याको समाधान खोज्न सबैको साथ, सहयोग र सुझावको अपेक्षा गर्दै मन्त्रालयले पनि तत्काल र दीर्घकालमा चाल्नुपर्ने कदमबारे सुझाव दिन अनुरोध गरेको छ। यस्ता सुझाव वा जानकारी मन्त्रालयको इमेलमा पठाउन अनुरोध गरिएको छ।

‘वर्षाको मौसम शुरु भएसँगै बाढी पहिरो र सडक दुर्घटनाबाट मुलुक आहत भईरहेका बेला यही साउन ९ गते सौर्य एयरको विमान र साउन २३ (बुधबार) एयर डाइनेष्टिको हेकिकप्टर दुर्घटनाले हामीलाई थप मर्माहत बनाएको छ’ मन्त्री पाण्डेले भनेका छन्, ‘मैले मन्त्रालयको जिम्मेवारी सम्हालेको २३ दिनको अवधिमै भएका यी दुई हवाई दुर्घटनाले मेरो कार्य प्राथमिकतालाई हवाई सुरक्षामा अधिकतम् गम्भिरताका साथ केन्द्रित गर्नु पर्ने आवश्यकता रहेको मैले ठानेको छु।’

‘दुर्घटना स्थलमा म आफै पुगेर उद्धार र खोजमा समन्वय गर्ने तयारी गरी रहँदा यही दुर्घटनाको विषयलाई लिएर मन्त्रिपरिषद्को अकास्मिक बैठक बस्नु पर्ने भएकाले विभागीय मन्त्रीका हैसियतले बैठकमा सहभागी हुनु परेको हुँदा घटनास्थलमा पुग्न संभव भएन’उनले भनेका छन्।

बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग हवाई सुरक्षाका विषयमा रातिसम्म छलफल गरेको भन्दै उनले सबै हवाई सेवा प्रदायक कम्पनी तथा विमान चालक तथा प्राविधिक जनशक्तिलाई हवाई सुरक्षाका लागि अपनाउनु पर्ने वा पालना गर्नु पर्ने विषयलाई पुनः गम्भीरतापूर्वक समीक्षा गर्न र सुरक्षामा सम्झौता नगर्न, सजग, सचेत र जिम्मेवार हुन आग्रह गरेका छन्।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ श्रावण २४, १७: ०७

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ श्रावण २४, १७: ०७

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ श्रावण २४, १७: ०७

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...