
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका दुई सञ्चालकलाई नहटाउन सर्वोच्च अदालदले अन्तरिम आदेश दिएको छ।
सर्वोच्च अदालतका न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले प्राधिकरणका सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।
यो आदेशसँगै प्राधिकरणका दुवै सञ्चालको पुनर्बहाली भएको छ भने सरकारले नियुक्त गरेका दुई सञ्चालकहरु देवेन्द्र कार्की र महेन्द्र गुरुङलाई नियुक्ति गर्ने निर्णय तत्काललाई निष्कृय भएको छ।
कांग्रेस र एमाले समिकरणको सरकार निर्माण भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड फिडर र ट्रंक लाईनबाट विद्युत सेवा प्राप्त गरेका ६ वटा उद्योगको लाईन जडान गर्न विद्युत प्राधिकरणलाई निर्देशन दिएका थिए।
प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन गराउने बसेको प्राधिकरण संचालक समिति बैठकमा संचालकद्वय आचार्य र पुनले असहति जनाएका थिए। त्यसपछि उनीहरुलाई सरकारलाई असहयोग गरेको भनी स्पष्टिकरण सोधरे दुई सातापछि हटाइएको थियो।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...