काठमाडौं प्लाजा अघिको बाटो भासियोः यातायात अबरुद्ध – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
बालेनलाई टुकुचा खोल्न अबरोध गर्दाको दुष्परिणाम

काठमाडौं प्लाजा अघिको बाटो भासियोः यातायात अबरुद्ध

 

काठमाडौं। कमलादीस्थित दरबारमार्ग– कमलपोखरी सडक भासिँदा सार्वजनिक यातायात र मानिसको आवगमन अबरुद्ध भएको छ।

काठमाडौं महानगरपालिकाको कार्यालय अगाडिको सो सडकमुनी बग्दै गरेको टुकुचा नदिले सडक खोतलेपछि विहीबार राति सो बाटोमा भ्वाङ परेको हो।

यो भ्वाङ सडक विभागले मर्मत गर्छ अथवा काठमाडौं महानगरले भन्ने स्पष्ट भएको छैन । काठमाडौं महानगरपालिका र सडक विभागबीच सडकको क्षेत्राधिकारलाई लिएर विवाद हुँदै आएको छ।

केही समय अगाडिमात्र न्युरोड क्षेत्रमा महानगरले फुटपाथ विस्तार गर्न खोजेपछि सडक विभागले महानगरलाई रोकेको थियो।

महानगरको कार्यालय अगाडिको सडकमा परेको भ्वाङ सडक विभागअन्र्तगतको सडक डिभिजन कार्यलयले मर्मत गर्ने बताएको छ ।
तर विभागको विगतको काम गर्ने शैली अत्यन्त ढिलो र मर्मत सम्भार थाल्न औपचारिक प्रकृयामै अल्झिने शैलीका कारण राजधानीको ट्राफिक व्यवस्थापन जटिल बन्ने देखिएको छ।

भ्वाङ परेको सडकमुनि टुकुचा खोला छ। त्यसैले सो सडक बनाउन माटो पुरेर सम्भव नहुने भएकाले कल्भर्ट बनाउनु पर्ने देखिन्छ।

काठमाडौं महानगरले वि.सं. २०७९ मै टुकुचा खोलामाथि बनेका घर–संरचना हटाउन खोजेको थियो। टुकुचा खोलमाथि बनाएका घरसहित अन्य संरचना हटाउने निर्णय कार्यान्वयन गर्न खोज्दा स्थानीयले, पुरातत्व विभागले अबरोध गरेका थिए।

उनको त्यो अभियानलाई उच्च अदालत पाटनले समेत आदेश दिएर रोकेपछि टुकुचाले क्षति पुर्याउन थालेको छ।

त्यही टुकुचा खोलामाथिको सडकमा भ्वाङ परेपछि महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जालमा खोलामाथि बनेका घर–संरचनाको लगतकट्टा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाएको बताएका छन्।

सार्वजनिक सम्पतिको सुरक्षा र विकासका लागि राज्यका जिम्मेवार निकाय र शक्तिकेन्द्रहरु नै बाधक भएपछि खोलाले प्राकृतिक स्वरुपमा बग्न नपाउँदा क्षति गर्न थालेको छ । जयनेपाल हलदेखि काठमाडौं प्लाजासम्मको क्षेत्रमा टुकुचा नदिलाई छोपेर ठूला ठूला घर र अन्य संरचनाहरु निर्माण भएका छन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ श्रावण २५, १५: ५६

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ श्रावण २५, १५: ५६

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८१ श्रावण २५, १५: ५६

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...