बंङ्लादेशको प्रधानन्यायाधीशमा सैयद रेफत अहमद नियुक्त – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

बंङ्लादेशको प्रधानन्यायाधीशमा सैयद रेफत अहमद नियुक्त

ढाका। बंगलादेशको उच्च अदालतका न्यायाधीश सैयद रेफत अहमद प्रधानन्यायाधीश नियुक्त भएका छन्।

विद्यार्थीहरूले गरेको आरक्षणविरुद्धको आन्दोलन थेग्न नसक्दा प्रधानमन्त्री शेख हसिना वाजेदले राजीनामा दिएर देश छाडेपछि प्रधानन्यायाधीश अबैदुल हसनसहित ५ न्यायाधीशहरूको राजीनामा दिएका थिए।

हसनको राजिनामापछि रिक्त रहेको प्रधानन्यायाधीश पदमा राष्ट्रपति मुहम्मद सहाबुद्दीनले सैयद रेफत अहमदलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन्।

द डेली स्टारका अनुसार नवनियुक्त प्रधानन्यायाधीश अहमदले आइतबार राष्ट्रपति निवासमा शपथ लिएका थिए।
शपथ समारोहमा अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुस, अन्य सल्लाहकार र उच्च सरकारी अधिकारीहरू सहभागी थिए। योसँगै अहमद बांङ्लादेशको २५ औँ प्रधानन्यायाधीश बनेका छन्।

 

सम्बन्धित समाचार

कच्चा तेलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक हो : आयल निगम
कच्चा तेलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक हो : आयल निगम
  • २०८१ श्रावण २८, १४: ०५

काठमाडौँ : नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको...

ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
  • २०८१ श्रावण २८, १४: ०५

ललितपुर : ऐतिहासिक तथा सांस्कृतिक रूपमा ललितपुरमा मनाउँदै आएको उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ...

आशा भोसलेको स्मृतिमा काठमाडौंमा ‘कला संवाद’
आशा भोसलेको स्मृतिमा काठमाडौंमा ‘कला संवाद’
  • २०८१ श्रावण २८, १४: ०५

काठमाडौं : भारतीय राजदूतावास काठमाडौँले आफ्नो नियमित सांस्कृतिक शृङ्खला ‘कला संवाद’ अन्तर्गत शुक्रबार एक विशेष साङ्गीतिक साँझको आयोजना गरी स्वर्गीय...