
काठमाडौं। नेकपा माओवादी केन्द्रको चालु स्थायी समिति बैठकमा उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्व हस्तान्तरण गर्नु पर्ने लिखित प्रस्ताव गरेपछि माओबादीमा हलचल पैदा भएको छ।
पार्टी अध्यक्ष दाहाल आफै ‘फुटाउ र राज गर’ भन्ने रणनीति अपनाएर पार्टी नेताबीचको सुसम्वन्ध विगार्ने, एकका विरुद्ध अर्कोृ नेतालाई प्रयोग गर्ने नेतृत्वको योजनाका र कार्यक्रमप्रति असहमति, टिप्पणी, प्रश्न वा सुझाव दिएमा झुटो आरोप लगाएर बद्नाम गराउने गरिएको भन्दै लिखित प्रस्ताव पेश गरेपछि माओबादीभित्र तरङ्ग पैदा भएको हो।
पार्टी नेतृत्वले गरेका कमजोरी, व्यक्तिगत रुपमा लगाइएको लाञ्छानाको विवरण, तथ्य र उदाहरणसहित लिखित प्रस्ताव राखेका जनार्दनले पार्टी सुधारको उपायका बारेमा सुझाव दिँदै दाहाललाई नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका थिए।
माओबादी स्थापनाकालदेखि अनवरत नेतृत्व सम्हाल्दै आएका दाहालले आफ्ना समकालिन सहकर्मीहरुलाई असन्तुष्टि वा असहमति व्यक्त गरेमा विभिन्न आरोप लगाउँदै पार्टीबाट अलग हुन बाध्य बनाउँदै आएका छन्।
गत शुक्रबारदेखि केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा आइतबार शर्माले लिखित प्रस्ताव राखेका थिए। सोमबार ११ बजे राखिएको बैठक ४ घण्टा सारेर २ बजे राखिएको थियो ।
बैठकको पहिलो दिन अध्यक्ष पुष्पकमल दाहालले वर्तमान राजनीतिक परिस्थिति, विचारको विकास, पार्टी निर्माण लगायतका विषयमा मौखिक प्रस्ताव राखेका थिए।
तर उपमहासचिव शर्माले अध्यक्ष प्रचण्डले पार्टी नेतृत्व हस्तान्तरण गर्नु पर्ने लिखित माग राखे पछि माओवादी बैठक पेचिलो बन्न पुगेको छ।
शर्माले प्रस्तुत गरेको लिखित प्रस्तावलाई कसरी जवाफ दिने वा संवोधन गर्ने भन्ने विषय अध्यक्ष दाहालको लागि फलामको चिउरा जस्तै छ।
दाहालले शर्मालाई तथ्य र विवरणभन्दा मनोगत रुपमा धारणा राख्दै नेतृत्वलाई बद्नाम र कमजोर बनाउन खोजिएको आरोप लगाउँदै उनको लिखित प्रस्तावलाई खण्डन गर्ने निश्चित छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...