
नयाँ विकल्प ,
काठमाडौँ- चर्चित गीतकार तथा सर्जक बसन्त थापा, सर्जक प्रल्लाद सुबेदी र निर्देशक सुनिल क्षेत्रिको सहकार्यमा मोडल तीज गीत ‘गण्डकी बग्यो सली सली…’ बजारमा सार्बजनिक भएको छ ।
गायिका मीना निरौलाको सुमधुर आवाजमा सार्बजनिक भएको गीतको शब्द प्रल्लाद सुबेदीले लेखेका हुन् ।
सुबेदीको शब्द टपक्क टिपेर गीतकार तथा सर्जक बसन्त थापाले गीतको संगीत गरेका छन् । गीतको संगीत संयोजन आशिष अविरलले हरेका हुन् ।
जनता डिजिटल एण्ड फिल्म्सको ब्यानरमा तयार गरिएको उक्त गीतको भिडियोमा मोडल अन्जली अधिकारीलाई देख्न सकिन्छ ।
चर्चित निर्देशक तथा कोरियोग्राफर सुनिल क्षेत्रिको निर्देशनमा तयार पारिएको भिडियोको छायांकन अजय रेग्मीले गरेका छन् ।
भाबगंगा डिजिटल प्रा. लि. म्युजिक कम्पनिले सार्बजनिक गरेको भिडियोको सम्पादन अमृत चापागाईले गरेका हुन् ।
काठमाडौँ। नइ एकेडेमीद्वारा आयोजित ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’मा सहभागी प्राज्ञहरुबाट आआफ्ना मन्तव्यपछि त्रिदिवसीय ऐतिहासिक सम्मेलनको समापन भएको छ ।समारोहमा...
काठमाडौँ । उपन्यास “मनझोली” भव्य समारोहबीच साहित्यकार , गितकार, गजलकार देबि घिमिरे को पाँच वर्षको निरन्तर साधना र साहित्यिक यात्राको सार्थक...
ललितपूर । नेपालभाषा चिबाखं साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले ख्वाःपौ विमोचन तथा लघुकथा वाचन कार्यक्रम सम्पन्न भएको छ । शनिबार पाटन संग्रहालयको...