बलिउड अभिनेता राजपाल यादवको करोडौंको सम्पति जफत ! – Naya Bikalpa
April 17, 2026, Friday      Epaper

बलिउड अभिनेता राजपाल यादवको करोडौंको सम्पति जफत !

मुम्बई। बलिउड सिनेमाका चर्चित तथा लोकप्रिय कलाकार राजपाल यादव जेल जाने भएका छन्। बैंकले बलिउड अभिनेता राजपालको करोडौंको सम्पत्ति हालै जफत गरेको छ।

सन् २०१२ मा रिलिज भएको अभिनेताको फिल्म ‘आता पता लपता’सँग सम्बन्धित छ। यो चलचित्रलाई राजपालले निर्देशन गरेका थिए भने उनकी पत्नी राधा यादव निर्माता थिइन्।

फिल्मका लागि राजपालले सेन्ट्रल बैंक अफ इन्डिया मुम्बईको बान्द्रा शाखाबाट ५ करोड रुपैयाँ ऋण लिएका थिए। अब ऋण तिर्न नसके पछि बैंकले शाहजहापुरको सेठ इन्क्लेभमा रहेको उनको करोडौंको सम्पत्ति जफत गरेको हो।

मुम्बईबाट सेन्ट्रल बैंक अफ इन्डियाका अधिकारीहरू दुई दिन अघि शाहजहाँपुर पुगेका थिए। आइतबार राजपालको सम्पत्तिमा बैंकको ब्यानर टाँसिएको थियो । यसमा लेखिएको छ कि यो सम्पत्ति भारतको केन्द्रीय बैंक मुम्बईको हो र यसमा कुनै पनि प्रकारको खरिद बिक्री गर्नु हुँदैन।

सोमबार बिहान सेन्ट्रल बैंक अफ इन्डिया मुम्बईका अधिकारीहरू पुगेर उक्त सम्पत्ति कब्जामा लिएका थिए।

यसअघि सन् २०१८ मा पनि यस मुद्दामा राजपालले ३ महिना जेल परेका थिए। दिल्लीस्थित कम्पनी मुरली प्रोजेक्ट्सले राजपाल यादवको कम्पनी श्री नौरङ गोदावरी इन्टरटेनमेन्टविरुद्ध सिभिल मुद्दा दायर गरेको थियो। राजकुमारले सन् २०१० मा यो ऋण लिएका थिए ।

सम्बन्धित समाचार

सुदूरपश्चिममा कांग्रेसको निर्वाचन समीक्षा तथा महाधिवेशनसम्बन्धी कार्यक्रम स्थगित
सुदूरपश्चिममा कांग्रेसको निर्वाचन समीक्षा तथा महाधिवेशनसम्बन्धी कार्यक्रम स्थगित
  • २०८१ श्रावण २९, १२: ४९

काठमाडौं : नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा आयोजना गर्ने भनिएको निर्वाचन समीक्षा तथा १५औँ महाधिवेशनसँग सम्बन्धित कार्यक्रम हाललाई स्थगित गरेको छ ।...

अनधिकृत पत्र लेखेर रेशम चौधरीलाई थुनाउने महिमानसिंह विष्टलाई ६ महिना कैद
अनधिकृत पत्र लेखेर रेशम चौधरीलाई थुनाउने महिमानसिंह विष्टलाई ६ महिना कैद
  • २०८१ श्रावण २९, १२: ४९

काठमाडौं : सर्वोच्च अदालतमा रहँदा अनधिकृत पत्र लेखेका महिमानसिंह विष्टलाई ६ महिना कैद सजाय तोकिएको छ । अनधिकृत पत्र लेखेर...

संसदीय दलको नेतृत्व चयनअघि सांसदहरूसँग छलफल गर्दै कांग्रेस
संसदीय दलको नेतृत्व चयनअघि सांसदहरूसँग छलफल गर्दै कांग्रेस
  • २०८१ श्रावण २९, १२: ४९

काठमाडौँ : नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउने सन्दर्भमा आफ्ना प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गर्ने तयारी गरेको...