
विराटनगर। मोरङको बेलबारी नगरपालिका ३ मा मंगलबार मृत भेटिएको हात्तीको छावालाई विद्युतीय धरापमा पारेर मारेको भन्दै एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पासो थापेको आरोपमा प्रहरीले बेलबारी नगरपालिका वडा नं–३ का ४६ वर्षीय तेजबहादुर राईलाई पक्राउ गरेको हो।
स्थानीय विनोद थापाको टिकको बगानभित्र अन्दाजी २-३ वर्षको पोथी छावा मरेको अवस्थामा भेटिएको थियो।
प्रारम्भिक अनुसन्धाका क्रममा न्याउरीमुसोका लागि थापेको विद्युतीय धरापमा परेर हात्ती मरेको देखिएको प्रहरीले जनाएको छ।
उनलाई कारवाहीका लागि वन कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। उनीविरुद्ध वन कार्यालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत कारबाही गर्न अनुसन्धान सुरु गरेको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...