
बुटवल। बुटवलको बेलबासमा भएको सडक दुर्घटनामा एक युवतीको मृत्यु भएको छ।
सोमबार राति बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको जीप, बँदेल पोखरीबाट महेन्द्र राजमार्गमा निस्कँदै गरेको मोटरसाइकल र मुर्गियाबाट बुटवल आउँदै गरेको स्कुटर एक आपसमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा परी मृत्यु हुनेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका घर भई बुटवल उपमहानगरपालिका– ११ देवीनगर बस्दै आएकी २७ वर्षीया सुश्मा श्रेष्ठ भएको प्रहरीले जनाएको छ।
मुर्गियाबाट लु ८७ प ४५७३ नम्बरको स्कुटरमा बुटवलतर्फ आउँदै गरेकी श्रेष्ठलाई बुटवल उपमहानगरपालिका–१२ शान्तीचोकमा नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो।
मोटरसाइकलको ठक्करबाट अनियन्त्रित भएको स्कुटर लु १ च ६७८३ नम्बरको जीपमा ठोक्किएको थियो।
सुश्माको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। जीप चालक प्रहरी नियन्त्रणमा छन् भने मोटरसाइकल चालक फरार छन्।
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री...
नयाँ दिल्ली : प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने भारत भ्रमणका लागि आज नयाँ दिल्ली आइपुगेका छन् । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा...
काठमाडौं : कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा युनाइटेड अरब इमिरेट्स (युएई) ले नेपालसामु १२२ रनको सामान्य...