बुटवलमा जीप, मोटरसाइकल र स्कुटर ठोक्किँदा २७ वर्षे युवतीको मृत्यु – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

बुटवलमा जीप, मोटरसाइकल र स्कुटर ठोक्किँदा २७ वर्षे युवतीको मृत्यु

बुटवल। बुटवलको बेलबासमा भएको सडक दुर्घटनामा एक युवतीको मृत्यु भएको छ।

सोमबार राति बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको जीप, बँदेल पोखरीबाट महेन्द्र राजमार्गमा निस्कँदै गरेको मोटरसाइकल र मुर्गियाबाट बुटवल आउँदै गरेको स्कुटर एक आपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा परी मृत्यु हुनेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका घर भई बुटवल उपमहानगरपालिका– ११ देवीनगर बस्दै आएकी २७ वर्षीया सुश्मा श्रेष्ठ भएको प्रहरीले जनाएको छ।

मुर्गियाबाट लु ८७ प ४५७३ नम्बरको स्कुटरमा बुटवलतर्फ आउँदै गरेकी श्रेष्ठलाई बुटवल उपमहानगरपालिका–१२ शान्तीचोकमा नम्‍बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करबाट अनियन्त्रित भएको स्कुटर लु १ च ६७८३ नम्बरको जीपमा ठोक्किएको थियो।

सुश्माको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। जीप चालक प्रहरी नियन्त्रणमा छन् भने मोटरसाइकल चालक फरार छन्।

सम्बन्धित समाचार

सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
  • २०८१ भाद्र ४, १३: १५

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८१ भाद्र ४, १३: १५

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८१ भाद्र ४, १३: १५

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...