
काठमाडौं। संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पले अमेरिकामा नोभेम्बरमा हुने निर्वाचन आफूले जितेमा टेस्ला स्पेस एक्सका सिइओ तथा खर्बपति उद्योगी एलन मस्कलाई मन्त्री बनाउने घोषणा गरेका छन्।
सोमबार अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँगको अन्तरवार्तामा उनले यस्तो घोषणा गरेका हुन्।
आफूले दोस्रो कार्यकाल जितेमा मस्कलाई मन्त्रीपरिषदमा ठाउँ वा आफ्नो प्रशासनका लागि सल्लाहकारको भूमिका दिइने उनले बताएका हुन्।
उनले नयाँ विद्युतीय कारलाई दिँदै आएको ७ हजार ५०० डलरको कर कर्जा भने खारेज गरिने बताएका छन्।
यसले टेस्लाको व्यवसायलाई प्रभावित बनाउने विश्लेषण गरिएको छ। ‘कर कर्जा वा कर प्रोत्साहन खासै राम्रो कुरा होइनन्,’ पेन्सिल्भेनियामा चुनावी कार्यक्रमपछि ट्रम्पले रोयटर्सलाई भनेका थिए।
जुलाईमा ट्रम्पलाई मार्न भएको प्रयासमा भाग्यले उनी बाँचेका थिए। सो घटना लगत्तै मस्कले ट्रम्पलाई समर्थन गरेका थिए।
नोभेम्बरमा हुने निर्वाचनमा ट्रम्पले कमला ह्यारिसको सामना गर्दैछन्।
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री...
नयाँ दिल्ली : प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने भारत भ्रमणका लागि आज नयाँ दिल्ली आइपुगेका छन् । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा...
काठमाडौं : कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा युनाइटेड अरब इमिरेट्स (युएई) ले नेपालसामु १२२ रनको सामान्य...