
काठमाडौं। संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पले अमेरिकामा नोभेम्बरमा हुने निर्वाचन आफूले जितेमा टेस्ला स्पेस एक्सका सिइओ तथा खर्बपति उद्योगी एलन मस्कलाई मन्त्री बनाउने घोषणा गरेका छन्।
सोमबार अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँगको अन्तरवार्तामा उनले यस्तो घोषणा गरेका हुन्।
आफूले दोस्रो कार्यकाल जितेमा मस्कलाई मन्त्रीपरिषदमा ठाउँ वा आफ्नो प्रशासनका लागि सल्लाहकारको भूमिका दिइने उनले बताएका हुन्।
उनले नयाँ विद्युतीय कारलाई दिँदै आएको ७ हजार ५०० डलरको कर कर्जा भने खारेज गरिने बताएका छन्।
यसले टेस्लाको व्यवसायलाई प्रभावित बनाउने विश्लेषण गरिएको छ। ‘कर कर्जा वा कर प्रोत्साहन खासै राम्रो कुरा होइनन्,’ पेन्सिल्भेनियामा चुनावी कार्यक्रमपछि ट्रम्पले रोयटर्सलाई भनेका थिए।
जुलाईमा ट्रम्पलाई मार्न भएको प्रयासमा भाग्यले उनी बाँचेका थिए। सो घटना लगत्तै मस्कले ट्रम्पलाई समर्थन गरेका थिए।
नोभेम्बरमा हुने निर्वाचनमा ट्रम्पले कमला ह्यारिसको सामना गर्दैछन्।
काठमाडौं : नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले तराई-मधेशका केही क्षेत्रमा देखिएको साम्प्रदायिक तनावप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सामाजिक...
हेटौंडा : सुनसरी घटना र त्यसबाट उत्पन्न परिस्थिति र बागमती प्रदेशमा सुरक्षा अवस्था बारे समीक्षा गर्दै शुक्रबार विहान बागमती प्रदेश...
काठमाडौं । पाकिस्तानको काराकोरम हिमशृंखलामा अवस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रड पिक (८,०४७ मिटर) मा भीषण हिमपहिरो जाँदा नेपाली चर्चित...