गण्डकीमा मन्त्रालय बढाएर ९ बनाईने, कांग्रेस ३, एमाले ४, नेसपा र स्वतन्त्रले १–१ पाउने – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

गण्डकीमा मन्त्रालय बढाएर ९ बनाईने, कांग्रेस ३, एमाले ४, नेसपा र स्वतन्त्रले १–१ पाउने

पोखरा। गण्डकी प्रदेशमा मन्त्रालयको सङ्ख्या ७ बाट बढाएर ९ बनाईने भएको छ।

नेपाली कांग्रेस र एमालेबीचको सहमति अनुसार अब एमालेबाट ४ जना मन्त्री बन्ने छन्।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रालयको संख्या ९ भन्दा बढाउन नहुने अडान लिएपछि प्रदेशमा मन्त्रालयको सङ्ख्या ९ बनाउने सहमति भएको हो।

कांग्रेसले १० मन्त्रालय बनाएर मन्त्रालय बाँडफाँड गर्ने भनेर अडान लिँदा गण्डकीमा सरकार निर्माणमा ढिलाई भएको थियो।

कांग्रेस प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेअनुसार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री खगराज अधिकारीबीच ९ मन्त्रालय बनाउने सहमति भइसकेको हो।

सहमति अनुसार मुख्यमन्त्रीलाई विश्वासको मत दिएका नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)लाई मन्त्रीमा यथावतै राखेर कांग्रेस–एमालेबीच ३-४ मन्त्रालय लिएर सरकार विस्तार गर्न सहमति जुटेको हो।

मन्त्रालय फुटाएर भए पनि सांसद देवकोटा र मनाङेलाई मन्त्रीबाट नहटाउने मुख्यमन्त्री पाण्डेले अडान लिएपछि अब कांग्रेसको भागमा ३ वटा मात्र मन्त्रालय परेका छन्।

मुख्यमन्त्री पाण्डेले पार्टीमा शेखर कोइराला र गगन थापा समूहलाई समेत मिलाउन कांग्रेसबाट थप एक जना मन्त्री बनाउन चाहन्थे। तर, मन्त्रालयको संख्या ९ बाट नबढ्ने भएपछि अब शेखर–गगन समूहबाट कोही पनि मन्त्री नबन्ने देखिएको छ।

९ मन्त्रालयमा सहमति भएसँगै सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालय बनाउने र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयबाट मनाङेको जिम्मेवारी हेरफेर गर्ने सहमति भएको छ।

मुख्यमन्त्रीसँगै रहेको आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय बनाउने तयारी रहेको एक मन्त्रीले बताए।

अहिले कांग्रेसबाट मुख्यमन्त्री पाण्डेसँगै सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापा, आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङ छन्। देकोटा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र मनाङे भौतिक मन्त्री छन्।

देवकोटाको मन्त्रालय यथावत राखेर मनाङेको भौतिक पूर्वाधार मन्त्रालयसहित लिएर एमाले सरकारमा जाने एक नेताले बताए।

एमालेले भूगोल, पार्टीभित्रको समूह र महिला पुरुषको सन्तुलन मिलाएर मन्त्री छान्ने तयारी गरेको बुझिएको छ।

संविधानअनुसार कुल सांसदको २० प्रतिशत मन्त्रालय बनाउन सकिने हुँदा ६० सदस्यीय गण्डकी प्रदेश सभामा १२ जनासम्म मन्त्री बनाउन सकिन्छ।

यसअघि कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री हुँदा बनाइएको १२ वटा मन्त्रालयलाई खगराज आएपछि ७ वटामा झारेका थिए।
र्
ृमुख्यमन्त्री पाण्डेले एमाले नेतृत्वको सरकारलाई बिस्थापित गर्दै २८ गते बडो सकसपूर्ण हिसाबले विश्वासको मत लिएर नीति तथा कार्यक्रम र बजेट ल्याएका थिए ।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ भाद्र १३, १६: ३५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ भाद्र १३, १६: ३५

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ भाद्र १३, १६: ३५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...