गगनको कटाक्ष रबीलाई ‘सहकारी ठगी प्रकरणमा संसदीय छानबिनको फैसला आउने दिन गनौं’ – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

गगनको कटाक्ष रबीलाई ‘सहकारी ठगी प्रकरणमा संसदीय छानबिनको फैसला आउने दिन गनौं’

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारीको रकम अपचलनमा रवि लामिछानेको संलग्नताको प्रमाण संसदीय छानबिन समितिलाई दिइसकेको भन्दै अब फैसलाको प्रतिक्षा मात्र वाँकी रहेको बताएका छन्।

प्रतिनिधि सभाको विहीबारको बैठकमा थापाले भने ‘दिन गनौं, राम्रोसँग गनौं । औला भाँचेर गनौं, लेखेर गनौं । समितिबाट फैसला आउने दिन गनौं ।’

उनले सहकारी ठगी प्रकरणमा छानबिन गर्न गठित संसदीय समितिमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्यलाई अप्ठ्यारो पर्नसक्ने तर्फ सचेत गराए।

‘किनकी कालोलाई सेतो कसरी भन्नु? कालोलाई कालै भन्नुपर्ला। अलिअलि मैलो भएपनि कालै भन्नुपर्ने अवस्था आउँछ होला’, महामन्त्री थापाले भने।

सांसद थापाले प्रमाण खोइ भनेर धेरै प्रश्न आएको स्मरण गर्दै प्रतिपश्न गरे, ‘हामीसँग भएको तथ्य प्रमाण पुगेन होला समितिमा? हाम्रा साथीहरुले बोकेर जानुभएको छैन होला?’

उनले भने ‘यसो ख्याल गर्नुभएन, ९ मिनेटमा चट भनेको ठाउँमा ९ घण्टासम्म बयान दिनुपर्ने अवस्था त्यही तथ्य प्रमाण भएकाले आएको होइन?’

उनले रास्वपपाका साथीहरु झुक्किएको हो कि भन्ने आशंका गर्दै उनले भने ‘बयान हो, बयान। सफाइ होइन। ‘फैसला त आउनै बाँकी छ। त्यसैले म फैसला कुरेर बसेको छु। तथ्य प्रमाणका आधारमा फैसला आउँछ भनेर बसिरहेको छु।’

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ भाद्र १३, १७: ३५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ भाद्र १३, १७: ३५

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ भाद्र १३, १७: ३५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...