
काठमाडौं। नेकपा (एमाले)का सांसद पदम गिरीले सुन तस्करीको सही छानबिन गरेको भए नेकपा माओबादीका धेरै नेताहरु जेलमा पुग्ने बताएका छन्।
प्रतिनिधि सभाको विहीबारको बैठकमा बोल्दै सांसद गिरीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले नेकपा (माओवादी केन्द्र)का धेरै नेतालाई सुन तस्करी प्रकरणमा जोगाएको आरोप लगाएका छन्।
सांसद गिरीले सुशासनका ठूलाठूला कुरा गर्ने तर बालुवाटारको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीलाई कारबाही गर्न नसकी उन्मुक्ति दिइएको बताए।
गणतन्त्रपछि आठ वर्ष ऊर्जा मन्त्रालयको नेतृत्व माओवादीले लिएको र त्यस अवधिमा किन विद्युतको बक्यौता नउठाइएको भन्दै उनले प्रश्न गरे।
ट्रंकलाइन र डेडिकेटेड लाइनको बक्यौता उठाउन नसक्नेले वर्तमान सरकारलाई हिलो नछ्याप्न उनले चेतावनी दिए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...