
बीरेन्द्रनगर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ले भ्रष्टाचार र बेथितिलाई जोगाउँदै सरकारले भ्रष्टाचारीको संरक्षण गर्ने काम जारी राखे सदन र सडकबाट प्रतिवाद गर्ने चेतावनी दिएका छन्।
पार्टीको कर्णाली प्रदेश परामर्श बैठकलाई सम्बोधन गर्न बीरेन्द्रनगर आएका दाहालले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पछिल्लो समय कसको चाहना र कसरी सरकार निर्माण भयो भन्ने हरेक घटनाक्रममा जनता प्रष्ट भइसकेको बताए।
अघिल्लो सरकारले अघि बढाएको भ्रष्टाचारमाथिको छानबिनलाई सामसुस पार्ने खेल भइरहेकाले यसविरुद्ध सदन र सडकबाट आवाज घनिभूत गराउने उनले दाबी गरे।
अहिले सदनबाट सरकारलाई सचेत रहन आग्रह मात्र गरिएका उल्लेख गर्दै उनले नसच्चिए सदन र सडक दुबै ठाउँबाट आन्दोलन अघि बढाउने चेतावनी दिए ।
भदौ ११ मा आफूले सदनमा दिएको मन्तव्य उत्तेजना र आवेग नभई सरकारका गलत कामको भण्डारफोर गरेको उनले बताए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...