तोकिएकोभन्दा बढी शुल्क लिने प्राविधिक शिक्षालयलाई कारबाही गर्ने सीटीईभीटीको चेतावनी – Naya Bikalpa
February 13, 2026, Friday      Epaper

तोकिएकोभन्दा बढी शुल्क लिने प्राविधिक शिक्षालयलाई कारबाही गर्ने सीटीईभीटीको चेतावनी

काठमाडौं। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले तोकिएकोभन्दा बढी शुल्क लिने प्राविधिक शिक्षालयलाई कारबाही गर्ने चेतावनी दिएको छ।

प्रमाणपत्र, डिप्लोमा तथा प्रि–डिप्लोमा तहका कार्यक्रमहरूका सन्दर्भमा परिषद्ले यस्तो चेतावनी दिइएको हो।

परिषद् अन्तरगत गैरनाफामूलक प्रतिष्ठानहरूलाई परिषद् कार्यालयसँग भएको सम्झौताअनुसार शुल्क लिन सीटीईभीटीले भनेको छ। उक्त सम्झौतामा संस्थागत शिक्षालयहरूले तोकिएको शुल्कको ७० प्रतिशतमा ननाघ्नेगरी कायम गर्नुपर्ने उल्लेख छ।

तोकिएकोभन्दा बढी शुल्क लिएको प्रमाणित भए परिषद् ऐन, नियमअनुसार कारबाही गरिने सीटीईभीटीले चेतावनी दिएको छ।

सम्बन्धित समाचार

आइतबारसम्म मतपत्र छपाइ सकिने
आइतबारसम्म मतपत्र छपाइ सकिने
  • २०८१ भाद्र १४, १३: ५२

भक्तपुर : आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । जनक...

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
  • २०८१ भाद्र १४, १३: ५२

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा तीन हजार रुपैयाँले घटेर तीन लाख ३...

पोखरामा दुई सातापछि फोहर उठाउन थालियो
पोखरामा दुई सातापछि फोहर उठाउन थालियो
  • २०८१ भाद्र १४, १३: ५२

कास्की : पर्यटकीय राजधानी पोखरामा दुई सातादेखि उठ्न नसकेको फोहर बिहीबार साँझदेखि उठाउन सुरु गरिएको छ । बजार क्षेत्रको सडक...