काठमाडौं। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले तोकिएकोभन्दा बढी शुल्क लिने प्राविधिक शिक्षालयलाई कारबाही गर्ने चेतावनी दिएको छ।
प्रमाणपत्र, डिप्लोमा तथा प्रि–डिप्लोमा तहका कार्यक्रमहरूका सन्दर्भमा परिषद्ले यस्तो चेतावनी दिइएको हो।
परिषद् अन्तरगत गैरनाफामूलक प्रतिष्ठानहरूलाई परिषद् कार्यालयसँग भएको सम्झौताअनुसार शुल्क लिन सीटीईभीटीले भनेको छ। उक्त सम्झौतामा संस्थागत शिक्षालयहरूले तोकिएको शुल्कको ७० प्रतिशतमा ननाघ्नेगरी कायम गर्नुपर्ने उल्लेख छ।
तोकिएकोभन्दा बढी शुल्क लिएको प्रमाणित भए परिषद् ऐन, नियमअनुसार कारबाही गरिने सीटीईभीटीले चेतावनी दिएको छ।
काठमाडौं : ९ महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका २ नेपाली युवाको उद्धारपछि शुक्रबार नेपाल आइपुग्ने भएका छन् । दलालको प्रलोभनमा...
काठमाडौं : चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ...
काठमाडौंः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज ११ दशमलव ६४ अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव...