
काठमाडौं। मोहन मैनालीको ‘मुकाम रणमैदान’लाई यस वर्षको मदन पुरस्कार प्रदान गरिएको छ।
शुक्रबार बसेको मदन पुरस्कार गुठीको बैठकले २०८० सालको मदन पुरस्कार ‘मुकाम रणमैदान’लाई दिने निर्णय गरेको हो।
प्रा.डा.योगेन्द्रप्रसाद यादवलाई जगदम्बा श्री २०८० पुरस्कार दिने निर्णय पनि बैठकले गरेको छ। दुवै पुरस्कारको राशि ४÷४ लाख रुपैयाँ छ।
गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्तिअनुसार ‘नेपालका भाषाहरूको पहिचान, संरक्षण र अध्ययन–अनुसन्धान क्षेत्रमा निरन्तर समर्पित भई गहकिलो प्राज्ञिक योगदान’ गरे बापत प्रा.डा. यादवलाई जगदम्बा–श्री अर्पण गर्ने उल्लेख छ।
त्यस्तै ‘मुकाम रणमैदान’लाई परिश्रमपूर्वक खोजबिन, ऐतिहासिक सन्दर्भ र सामग्रीलाई सरल, सरस एवम् प्रभावमय भाषामार्फत लोकप्रिय बनाउन उल्लेख्य रचनात्मक योगदान पुर्याए बापत ‘मदन पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको जनाइएको छ।
गुठीमा प्राप्त ३०४ पुस्तकहरूमध्येबाट पाँच पुस्तकहरू क्रमशः डम्फुको आत्मालाप (भक्त स्याङतान), नुन–तेल (जीवन क्षेत्री), भावलिपि (भावेश भुमरी र प्रणिता चामलिङ), मुकाम रणमैदान (मोहन मैनाली) र सन्त्रासका साठी दिन (रोशन थापा ‘नीरव’ मदन पुरस्कारको श्रेष्ठ सूचीमा छनोट भएको विज्ञप्तिमा उल्लेख छ।
२०१२ सालमा स्थापित मदन पुरस्कार पहिलो पटक २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोकसंस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ पुस्तकलाई प्रदान गरिएको विज्ञप्तिमा जनाइएको छ।
२०४५ मा रानी जगदम्बाको निधनपछि उनको सम्झनास्वरूप जगदम्बा–श्री पुरस्कारको स्थापना गरिएको र पहिलो पटक उक्त सम्मान प्रसिद्ध गायक नारायणगोपाललाई प्रदान गरिएको थियो।
काठमाडौँ।नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेको भन्दै घटाउन माग गरेको छ । त्यसका लागि करका दरहरू पुनरावलोकन गर्न कांग्रेसले...
इजरायल र लेबनानबीच १० दिने युद्धविरामको सहमति भएको छ । बिहीबार साँझदेखि लागु हुने गरी दुई देशबीच युद्धविरामको सहमति भएको...
काठमाडौं : प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर...