मोहन मैनालीको ‘मुकाम रणमैदान’लाई मदन पुरस्कार र प्रा.डा. यादवलाई जगदम्बा श्री – Naya Bikalpa
November 7, 2025, Friday      Epaper

मोहन मैनालीको ‘मुकाम रणमैदान’लाई मदन पुरस्कार र प्रा.डा. यादवलाई जगदम्बा श्री

काठमाडौं। मोहन मैनालीको ‘मुकाम रणमैदान’लाई यस वर्षको मदन पुरस्कार प्रदान गरिएको छ।

शुक्रबार बसेको मदन पुरस्कार गुठीको बैठकले २०८० सालको मदन पुरस्कार ‘मुकाम रणमैदान’लाई दिने निर्णय गरेको हो।

प्रा.डा.योगेन्द्रप्रसाद यादवलाई जगदम्बा श्री २०८० पुरस्कार दिने निर्णय पनि बैठकले गरेको छ। दुवै पुरस्कारको राशि ४÷४ लाख रुपैयाँ छ।

गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्तिअनुसार ‘नेपालका भाषाहरूको पहिचान, संरक्षण र अध्ययन–अनुसन्धान क्षेत्रमा निरन्तर समर्पित भई गहकिलो प्राज्ञिक योगदान’ गरे बापत प्रा.डा. यादवलाई जगदम्बा–श्री अर्पण गर्ने उल्लेख छ।

त्यस्तै ‘मुकाम रणमैदान’लाई परिश्रमपूर्वक खोजबिन, ऐतिहासिक सन्दर्भ र सामग्रीलाई सरल, सरस एवम् प्रभावमय भाषामार्फत लोकप्रिय बनाउन उल्लेख्य रचनात्मक योगदान पुर्याए बापत ‘मदन पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको जनाइएको छ।

गुठीमा प्राप्त ३०४ पुस्तकहरूमध्येबाट पाँच पुस्तकहरू क्रमशः डम्फुको आत्मालाप (भक्त स्याङतान), नुन–तेल (जीवन क्षेत्री), भावलिपि (भावेश भुमरी र प्रणिता चामलिङ), मुकाम रणमैदान (मोहन मैनाली) र सन्त्रासका साठी दिन (रोशन थापा ‘नीरव’ मदन पुरस्कारको श्रेष्ठ सूचीमा छनोट भएको विज्ञप्तिमा उल्लेख छ।

२०१२ सालमा स्थापित मदन पुरस्कार पहिलो पटक २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोकसंस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ पुस्तकलाई प्रदान गरिएको विज्ञप्तिमा जनाइएको छ।

२०४५ मा रानी जगदम्बाको निधनपछि उनको सम्झनास्वरूप जगदम्बा–श्री पुरस्कारको स्थापना गरिएको र पहिलो पटक उक्त सम्मान प्रसिद्ध गायक नारायणगोपाललाई प्रदान गरिएको थियो।

सम्बन्धित समाचार

अदालतले प्रतिनिधि सभा पुनर्स्थापना नगरे, राष्ट्रपतिले गर्नुपर्छ : ओली
अदालतले प्रतिनिधि सभा पुनर्स्थापना नगरे, राष्ट्रपतिले गर्नुपर्छ : ओली
  • २०८१ भाद्र १४, १५: ०४

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधि सभा पुनर्स्थापना गर्नुपर्ने बताएका...

सर्वोच्च अदालत आगामी मंसिर १ देखि पूर्ण रूपमा सञ्चालन हुने
सर्वोच्च अदालत आगामी मंसिर १ देखि पूर्ण रूपमा सञ्चालन हुने
  • २०८१ भाद्र १४, १५: ०४

काठमाडौं : आगामी मंसिर १ गतेदेखि सर्वोच्च अदालत पूर्णरुपमा सञ्चालनमा आउने भएको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनमा आगजनी...

परिवर्तित अवस्थामा पार्टीभित्र एकता आवश्यक : डा. शेखर कोइराला
परिवर्तित अवस्थामा पार्टीभित्र एकता आवश्यक : डा. शेखर कोइराला
  • २०८१ भाद्र १४, १५: ०४

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले परिवर्तित राजनीतिक परिस्थितिमा पार्टीभित्र एकता र जिम्मेवार सहकार्य अपरिहार्य भएको बताएका छन्।...