हमासले बन्दी बनाएका ६ जना इजराइली मृत भेटिए – Naya Bikalpa
August 1, 2026, Saturday      Epaper

हमासले बन्दी बनाएका ६ जना इजराइली मृत भेटिए

तेलअभिब। हमासको नियन्त्रणमा रहेका ६ जना आफ्ना नागरिकहरु एक भूमिगत सुरुङमा मृत अवस्थामा रहेको इजरायलले फेला पारेको छ।

हमासले गाजामा बन्दी बनाएर राखेका उनीहरुलाई रफाह क्षेत्रस्थित भुमिगत सुरुङमा शनिबार मृत फेला पारेको इजरायली सेनाले जनाएको छ।

कार्मेल ग्याट, इडेन येरुशाल्मी, हर्ष गोल्डबर्ग पोलिन, अलेक्ज्याण्डर लोबानोभ, अल्मोग सरुसी र मास्टर सार्जेंट ओरी डानिनोको शव भेटिएको आईडिएफले बताएको छ।

सबै शवलाई इजरायली सिमानामा फिर्ता पठाइएको आईडिएफले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। सबै मृतकको परिवारलाई सो घटनाको जानकारी गराइसकिएको छ।

गत वर्ष अक्टोबर ७ मा हमासले इजरायलको दक्षिणी क्षेत्रमा गरेको आक्रमणपछि २५१ जनालाई बन्धक बनाइएको थियो। ६ जनालाई नै हमासले हत्या गरेको आइडिएफको विज्ञप्तिमा दाबी गरिएको छ।

हमासको स्वास्थ्य मन्त्रालयअनुसार अहिलेसम्म गाजामा ४० हजार ५ सयभन्दा धेरै मानिस मारिएका छन् ।

सम्बन्धित समाचार

चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना
चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना
  • २०८१ भाद्र १६, १५: १२

काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको न्यूनचापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतिर र पूर्वी नेपालमा...

सरकार र मृतक गणेश यादवका परिवारबीच ८ बुँदे सहमति
सरकार र मृतक गणेश यादवका परिवारबीच ८ बुँदे सहमति
  • २०८१ भाद्र १६, १५: १२

काठमाडौं : सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका औरही गाउँपालिका– २, तुलसियाहीका १५...

जापानको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३४ पुग्यो, उद्धार कार्य जारी
जापानको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३४ पुग्यो, उद्धार कार्य जारी
  • २०८१ भाद्र १६, १५: १२

काठमाडौं । जापानको दक्षिणपश्चिम क्षेत्रमा आएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ। कुमामोटो प्रान्तीय सरकारले शुक्रबार सार्वजनिक गरेको...