नेप्से १२७ अंकले बढ्दा १ दर्जन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार – Naya Bikalpa
December 7, 2024, Saturday

नेप्से १२७ अंकले बढ्दा १ दर्जन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

काठमाडौं। साताको दोस्रो कारोबारको दिन नेप्से उच्च अंक बढेर बन्द भएको छ। पछिल्ला दिनहरुमा निरन्तरजसो ओरालो लागिरहेको नेप्से सोमबार भने १२७.३२ अंकले बढेर २८२३.२५ विन्दुमा पुगेको छ।

आज सेन्सेटिभ इण्डेक्स २२.९४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ९.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ८.१८ अंक बढेको छ।

नेप्से बढेसँगै कारोबार पनि अघिल्लो कारोबार दिनको तुलनामा करिव तीन अर्ब रुपैयाँले बृद्धि भएको छ। आइतबार साढे १० अर्ब रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ३३५ स्टकको १ लाख ६० हजार ५७९ पटकको कारोबारमा १३ अर्ब १० करोड ४६ लाख रुपैयाँ बराबरको ३ करोड १४ लाख ३० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज करिब एक दर्जन स्टकको शेयरमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा नेशनल हाइड्रोपावर, बेष्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, एनएलजी इन्स्योरेन्स, रिलायन्स फाइनान्स, सुपरमाई हाइड्रोपावर, दोल्ती पावर लगायतका छन्।

कारोबारमा आएको लक्ष्मी उन्नती कोषको इकाईमूल्य यस दिन सर्वाधिक ४.७१ प्रतिशत घटेको छ। अन्य स्टकहरुको मूल्य गिरावट दर भने ४ प्रतिशतभन्दा तल रहेको छ।

कारोबार रकमका आधारमा आज गुडविल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको सोमबार ४६ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

अपि पावरको करिब ४२ करोडको शेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्सको ३३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

सोमबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ७.९४ प्रतिशत बढेको छ।

जलविद्युत र लगानी उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ।

 

सम्बन्धित समाचार

भारतको सहयोगमा खाम्लालुङ स्वास्थ्य चौकी शिलान्यास
भारतको सहयोगमा खाम्लालुङ स्वास्थ्य चौकी शिलान्यास
  • २०८१ भाद्र १७, १८: ०८

काठमाडौं : नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको सहयोगमा तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ। शुक्रबार तेह्रथुम...

कर्णालीमा ३३ आयोजना अलपत्र : निर्माण व्यवसायीलाई अन्तिम मौका !
कर्णालीमा ३३ आयोजना अलपत्र : निर्माण व्यवसायीलाई अन्तिम मौका !
  • २०८१ भाद्र १७, १८: ०८

हेमन्त केसी/रासस सुर्खेत : लामो समयदेखि ठेक्का अलपत्र पार्दै आएका निर्माण व्यवसायीलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय बोलाएर छलफल...

एनपीएलमा आज दुई खेल हुँदै
एनपीएलमा आज दुई खेल हुँदै
  • २०८१ भाद्र १७, १८: ०८

काठमाडौँ : राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । एनपीएलको आजकोे पहिलो खेलमा लुम्बिनी लायन्स र...