काठमाडौं। ह्याविट्याट पावर कम्पनीले ११ लाख कित्ता शेयर निष्कासन गर्ने भएको छ।
कम्पनीले पाँचथर जिल्लास्थित ९.९ मेगावाट क्षमताको हेवाखोला ‘ए’ साना जलविद्युत आयोजनाको निर्माण कार्य ७० प्रतिशत सम्पन्न गरिसकेपछि सर्वसाधरण र आयोजना प्रभावित स्थानीयबासीका लागि यो साधरण शेयर जारी गर्न लागेको हो।
कम्पनीको साधरण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रवन्धकमा नियुक्त भएको छ।
सिंगटी हाईड्रो इनर्जी लिमिटेड प्रमुख प्रवद्र्धक रहेको ह्वाविट्याट पावर कम्पनी लिमिटेडले आफ्नो जारी पूँजी ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात १०० रुपैयाँ अंकित दरको ११ लाख कित्ता साधरण शेयर सर्वसाधारणहरुमा जारी गर्न लागेको हो।
सर्वसाधरणका लागि जारी गर्न लागेको सो शेयर को धितोपत्र निष्काशनको जिम्मेवारी पाएको मुक्तिनाथ क्यापिटल लिमिटेड र निर्माण कम्पनी ह्याविट्याटका प्रतिनिधिबीच सोमबार सम्झौता भएको छ।
शेयर निष्ककाशन सम्बन्धी सम्झौता पत्रमा ह्याविट्याट पावर कम्पनीका तर्फबाट कार्यरकारी अध्यक्ष बटु लामिछाने तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले हस्ताक्षर गरेका हुन्।
कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात पाँच लाख ५० हजार कित्ता साधरण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाहरुका लागि र वाँकी १० प्रतिशत अर्थात पाँच लाख ५० हजार कित्ता साधरण शेयर सर्वसाधरणहरुलाई जारी गर्ने भएको हो।
ह्याविट्याट पावर कम्पनीले निर्माण गरिरहेको हेवाखोला ‘ए’ साना जलविद्युत आयोजनाको निर्माण कार्य ७० प्रतिशत सम्पनन भइसकेको र यही आर्थिक वर्षको चैत मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
आयोजना सम्पन्न भइसक्दा प्रतिमेगावाट लागत १९ करोड रुपैयाँ पुग्ने कम्पनीले प्रक्षेपण गरेको छ।
काठमाडौं : भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै कुनै सरकारी कर्मचारी घुस रकमसहित पुग्छ...
काठमाडौं : भारत सरकारको सहयोगमा निर्माण गरिएको सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसको क्याम्पस तथा छात्रावास भवन हस्तान्तरण गरिएको छ ।...
काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री बर्नार्ड क्विन्टिनसँग ब्रसेल्समा भेटवार्ता गरेकी छन् । युरोपेली मामिला एवं वैदेशिक...