
काठमाडौं। नेकपा (एमाले)की लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्माले बालशोषण गरेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उनलाई पक्राउ गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका छन्।
सोमबार अपरान्ह एक स्टाटस लेख्दै उनले आफ्ना कार्यकर्तालाई सामान्य ज्ञान दिएर मात्र राजनीतिमा लगाउन सुझाव पनि दिएका छन्।
मेयर वालेनले आइतबार साँझ फेसबुक स्टाटस लेखेर एमालेबाट लुम्बिनी प्रदेश सांसद भएकी शर्माको फोटोसहितको पोस्ट गरेर प्र्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुसन्धानको लागि पक्राउ गर्न आग्रह गरेका थिए।
बालेको सो फेसवुक स्टाटसबाट आक्रोसित भएका नेकपा एमाले निकट विद्यार्थी संगठनका जिम्मेवार पदाधिकारीहरुबाट सामाजिक सञ्जालबाट समेत गाली गलौज हुन थालेपछि उनले फेरि प्रधानमन्त्री ओलीप्रति लक्षित गर्दै आफ्ना कार्यकर्तालाई सामान्य ज्ञान दिन आग्रह गरेका हुन्।
मेयर वालेनले ‘एमालेका हालका कार्यकर्ता पछि यस्तै ज्ञानबिहिन भएर देश चलाउने ठाउँमा पुग्दा तपाइजस्तै अरुको इशारामा चल्ने हुनुपर्ला’ भनी तीखो व्यङ्ग्य गरेका छन्।
“(रेखा शर्मा)ले एकजना नाबालिकालाई आठ वर्षसम्म घरेलु कामदारको नाममा हिंसा गर्दै आउनुभएको छ। दैनिकरूपमा कुटपिट गर्दै आउनुभएको छ। महानगरले विगत दुई महिनादेखि कारबाही गर्न भन्दा पनि यो सरकारले समातेको छैन,’ बालेनले आइतबार साँझको स्टाटसमा लेखेका थिए।
काठमाडौं महानगरले बालिका उद्धार गरेको तीन महिना हुन लाग्दासमेत आरोपित सांसद शर्मा कानुनी दायरमा ल्याउन नसकेपछि बालेन आक्रोशित बनेका हुन्।
प्रहरीका अनुसार, सांसद शर्माको धुम्बाराहीस्थित घरबाट महानगरको टोलीले गत जेठ १४ गते १४ वर्षीया ती बालिकालाई उद्धार गरेको थियो। सांसद शर्मा दाङ बस्दै आएकी छन् भने उनको धुम्बाराही घरमा भने ती बालिका र शर्माकी छोरी बस्दै आएकी थिइन्। शर्माकी छोरी पनि भक्तपुरमा बिहे भएपछि बालिका प्रायः एक्लै हुने गरेकी थिइन्।
शर्माले भने उल्टै आफ्नो घरमा रहेकी बालिकालाई महानगरपालिकाले गैरकानुनी तरिकाले थुनामा राखेको भन्दै सर्वोच्चमा अदालतमा बन्दी पत्यक्षीकरणको रिट दिइन् तर, सर्वोच्चले उनको रिट खारेजमात्रै गरेन, परिवारका सदस्यलाई भेट्न दिने गरी महानगरलाई नै पालनपोषण गर्न अनुमति दियो।
महानगरले शर्मालाई पक्राउ गरेर अनुसन्धान गर्न माग गर्दै काठमाडौं प्रहरी परिसरमा निवेदन दिएको छ। तर, शर्मा फेरि बन्दी प्रत्यक्षीकरणको रिट लगेर उच्च अदालत पाटन पुगिन्। उच्चले समेत उनको रिट खारेज ग¥यो। तर, शर्मामाथि अझै कानुनी प्रक्रिया अघि नबढेपछि बालेनले सामाजिक सञ्जालबाट आक्रोश पोखेका हुन्।
काठमाडौं प्रहरी परिसरले महानगरको उजुरीपछि प्रहरी अनुसन्धानका लागि शर्माविरुद्ध पक्राउ पुर्जी जारी गर्न अदालत पुगेको थियो। तर, अदालतले पक्राउ पुर्जी जारी नगरेको प्रहरीको दाबी छ। तर मेयर भन्छन् ‘प्रहरी पक्राउ पूर्जीका लागि अदालत गएकै छैन।’
प्रहरीको यस्तो दाबी एकदमै अपत्यारिलो र बनावटी हो भन्ने जो कोहीले सजिलै अनुमान लगाउन सक्छ । किनकी प्रहरीले अनुसन्धानका लागि कसैलाई नियन्त्रणमा लिनु पर्यो भन्दा पक्राउ पूर्जी जारी नगरेको घटना सादय छैन, अपबाद वाहेक।
सांसद शर्माले आफूहरू बन्दी प्रत्यक्षीकरणको रिट लिएर अदालतसमेत नगएको बताइएन। बालेनले ‘अहिले बजारमा सर्वोच्चको फैसलाको आधा पाठ ल्याएर भ्रम छर्ने काम भएको छ जबकि सर्वोच्चको मुद्दा रेखा कुमारी र महानगर बिचको मुद्दा नभएर बालिकाको बाबुले मेरो छोरी महानगरले अपहरण ग¥यो भनी बन्दी बनाएको भन्ने रिट हालेका हुन । जुन रिट अदालतले खारेज गरेको छ’ भनेका छन्।
बालेनले सोमबार पोष्ट गरेको अर्को स्टाटसमा भनिएको छ ‘अदालतले खारेज गरेपछि महानगरले गरेको उद्धार सही थियो भन्ने पुष्टि भएको कुरा छर्लङ्ग नै छ। आमा बाबु भएका बालबालिकाको जैविक आमा बुबासँगै बस्न पाउने अधिकार हुन्छ ,सर्वोच्चले त्यसको बारेमा पनि बोल्दै बाबु आमाले समेत भेट्न पाउने गरी महानगरपालिकाले बालिकाको पालनपोषण ,शिक्षादीक्षा र स्वास्थ्यको प्रबन्ध गर्नु भनी परमादेश दिएको अवस्था छ।’
हेर्नुस् वालेनले सोमबार सामाजिक सञ्जाल फेसवुकमा पोष्ट गरेको स्टाटस जस्ताको तस्तै –
अहिले बजारमा सर्वोच्चको फैसलाको आधा पाठ ल्याएर भ्रम छर्ने काम भएको छ जबकि सर्वोच्चको मुद्दा रेखा कुमारी र महानगर बिचको मुद्दा होइन । बालिकाको बाबुले मेरो छोरी महानगरले अपहरण ग¥यो भनी बन्दी बनाएको भन्ने रिट हालेका हुन । जुन रिट अदालतले खारेज गरेको छ । अदालतले खारेज गरेपछि महानगरले गरेको उद्धार सही थियो भन्ने पुष्टि भएको कुरा छर्लङ्ग नै छ ।
आमा बाबु भएका बालबालिकाको जैविक आमा बुबा सँगै बस्न पाउने अधिकार हुन्छ ,सर्वोच्चले त्यसको बारेमा पनि बोल्दै बाबु आमाले समेत भेट्न पाउने गरी महानगरपालिकाले बालिकाको पालनपोषण ,शिक्षादीक्षा र स्वास्थ्यको प्रबन्ध गर्नु भनी परमादेश दिएको अवस्था छ । हाम्रो द्वन्द्व बालिकाको आमा बाबु सँग थिएन ।
त्यसैले बालिकाको बाबु आमाले बालिकालाई महानगरकै संरक्षणमा रहने गरी जिम्मा दिएका छन् । बालिकाको उद्धार त भयो तर बाबुआमा जीवित हुदाँहुदै बाबुआमाको काखबाट खोसेर यो हदसम्मको अन्याय र शोषण गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउनु पर्छ कि पर्दैन ?
महानगरले जेठ १४ गते बालिकाको उद्धार गरेपश्चात् ३ चरणको काउन्सिलङ गर्यो । सोही काउन्सिलङका क्रममा बालिकाले त्यहाँ आएदेखि नै विगत ८ वर्ष देखि आफ्नो जैविक बाबु आमा नभेटेको ,घरमा पोछा लगाउने ,करेसाबारीमा काम गर्ने ,खाना पकाउने लगायतका काम गर्नुपर्ने ,केही काम बिगार्दा घरधनी रेखा कुमारी शर्माले लट्ठी र पाइपले पिट्ने गरेको ,तेरो मुख जलाइदिन्छु भनी धम्की दिने गरेको भन्ने खुल्न आयो ।
त्यसपछि , जेठ २५ गते देखि नै प्रहरीसँग अनौपचारिक कुरा गरी उद्धार भएका बालबालिकाको मुद्दा एकीकृत रूपमा अघि बढाउने गरी तयारी हुँदै गर्दा प्रहरीबाटै सांसद विरुद्ध जाहेरी पर्न लागेको भन्ने सूचना चुहाएर महानगरको जाहेरी भन्दा अगावै निज रेखा कुमारी शर्माको फन्डिङमा नै बालिकाको बाबुको नाउँमा सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दा हाल्न लगाइन्छ ।
यसरी जेठ २७ गते रेखा कुमारी शर्माले बालिकाको बाबुलाई प्रयोग गरी महानगरका विरुद्धमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता गरिएपछि मात्रै प्रहरीले रेखा कुमारी शर्मा लाई विपक्षी बनाइ बालबालिका सम्बन्धी एन २०७५ को दफा ६६ को बालबालिका विरुद्धको कसुरको उपदफा २(ङ) र मुलुकी फौजदारी संहिता एन २०७४ को दफा १६३ अन्तर्गतको दास बनाउन नहुने कसुरमा दायर गरेको जाहेरी दर्ता गर्छ ।
यता प्रहरीले घटनास्थल मुचुल्का लगायत अनुसन्धानको काम गर्दै गर्दा रेखा कुमारी शर्मा निषेधाज्ञाको मुद्दा लिएर उच्च अदालत पाटन पुग्छिन् । अदालतले अन्तरिम आदेश जारी गर्दै प्रहरीलाई धरपकड नगर्नु (पक्राउ नगर्नु) भन्दै आदेश ग¥यो ।
उक्त मुद्दाको बहस र बालिकाको बाबुको सर्वोच्चको मुद्दाको बहस दुवैमा वरिष्ठ अधिवक्ता टङ्क प्रसाद दुलाल र विद्वान अधिवक्ता रेणुका सिटौलाले बहस गर्नुभएको थियो । यसले रेखा कुमारी शर्माकै डिजाइनमा बालिकाको बाबुले महानगरका विरुद्ध बन्दी प्रत्यक्षीकरणको रिट हालेको देखिदा उनको प्रत्यक्ष संलग्नता पुष्टि गर्दछ ।
उच्च अदालतको अन्तिम फैसलाले रेखा कुमारी शर्माको निषेधाज्ञाको रिटको दाबी नपुग्ने भन्दै प्रहरीलाई अनुसन्धान गर्ने बाटो खोलेको छ । श्रावण २३ गते आएको उच्चको फैसला कार्यान्वयनका लागि प्रहरीलाई लिखित पत्र र मौखिक मार्फत पटक पटक ताकेता गरे तापनि कुनै पनि जवाफ नआएको अवस्था छ ।
समग्रमा भन्नुपर्दा रेखा कुमारी शर्माले आफूले गरेको कसुरमा जेल जान सक्ने सम्भावना देखेर आफू छलिन र जोगिन आफै सर्वोच्च र उच्च अदालतमा मुद्दा हाल्दै छिन र आफै हार्दै छिन । महानगरले उनी विरुद्ध हालेको मुद्दा त प्रहरीले अनुसन्धान अघि बढाएकै छैन , अदालतमा प्रवेश गरेकै छैन र हामीले उठाएको कुरा नै त्यही नै हो कि उनले गरेको कसुर बमोजिमको कसुर बमोजिमको कारबाही अघि बढ्नुपर्छ ।
प्रधानमन्त्री खडक प्रसाद ओली ज्यु! तपाईं आफ्नो कार्यकर्ताहरुलाई सामन्य ज्ञान दिएर राजनितिमा लगाउनु होला । पछि यस्तै ज्ञान बिहिन भएर देश चलाउने ठाउँमा पुग्दा तपाइजस्तै अरु को इशारामा चल्ने हुनुपर्ला ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...