भेनेजुएलाका राष्ट्रपति मुदुरोको विमान अमेरिकी कब्जामा, कारण अबैध खरिद गरेको – Naya Bikalpa
December 7, 2024, Saturday

भेनेजुएलाका राष्ट्रपति मुदुरोको विमान अमेरिकी कब्जामा, कारण अबैध खरिद गरेको

काठमाडौं। अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको विमान अवैध रुपमा १ करोड ३० लाख अमेरिकी डलरमा किनेको र गोप्य रुपमा देशबाट बाहिरिएको भन्दै कब्जा गरेको छ।

अमेरिकी न्याय विभागका अनुसार फाल्कन ९०० ईएक्स विमान डोमिनिकन रिपब्लिकमा नियन्त्रणमा लिइएको थियो र पछि अमेरिकाको फ्लोरिडामा उडाइएको थियो।

यो विमान डोमिनिकन रिपब्लिकमा कहिले पुग्यो भन्ने अझै स्पष्ट भएको छैन। ट्रयाकिङ डाटाले देखाउँछ कि यो राजधानी सान्टो डोमिंगो नजिकैको एयरपोर्टबाट उडान पछि सोमबार फ्लोरिडा पुगेको थियो।

भेनेजुएलाले कब्जाको विरोध गरेको छ र यसलाई ‘डकैती’को कार्य भनेको छ। एक विज्ञप्तिमा भेनेजुएला सरकारले यो क्षतिको क्षतिपूर्तिको लागि कानुनी कारबाही गर्ने अधिकार रहेको जनाएको छ।

सम्बन्धित समाचार

भारतको सहयोगमा खाम्लालुङ स्वास्थ्य चौकी शिलान्यास
भारतको सहयोगमा खाम्लालुङ स्वास्थ्य चौकी शिलान्यास
  • २०८१ भाद्र १८, १८: ३२

काठमाडौं : नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको सहयोगमा तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ। शुक्रबार तेह्रथुम...

कर्णालीमा ३३ आयोजना अलपत्र : निर्माण व्यवसायीलाई अन्तिम मौका !
कर्णालीमा ३३ आयोजना अलपत्र : निर्माण व्यवसायीलाई अन्तिम मौका !
  • २०८१ भाद्र १८, १८: ३२

हेमन्त केसी/रासस सुर्खेत : लामो समयदेखि ठेक्का अलपत्र पार्दै आएका निर्माण व्यवसायीलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय बोलाएर छलफल...

एनपीएलमा आज दुई खेल हुँदै
एनपीएलमा आज दुई खेल हुँदै
  • २०८१ भाद्र १८, १८: ३२

काठमाडौँ : राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । एनपीएलको आजकोे पहिलो खेलमा लुम्बिनी लायन्स र...