काठमाडौं। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा उनले सञ्चारमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक रहेको बताए।
‘म सत्तापक्षकै सांसद हुँ। तर, संचार तथा सूचनाप्रविधिमन्त्रीज्यूले नेपाल प्रहरीको आइजीको जिब्रो थुत्नुपर्छ भनेर अभिव्यक्ति दिनुभएछ, यो आपत्तिजनक छ। मन्त्रीहरूलाई अनुरोध गर्न चाहन्छु– जिब्रोमा ब्रेक लगाइयोस्’ उनले भने।
सांसद खतिवडाले त्यसबारेमा सदनमा जवाफ दिन पनि माग गरेका छन्।
मन्त्री गुरूङले शनिबार पोखरामा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आईजीपीको जिब्रो थुत्नुपर्ने भन्दै असंवेदनशील अभिव्यक्ति दिएका थिए।
मन्त्री गुरूङले अराजक अभिव्यक्ति दिएको भन्दै आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई सचेत गराएका थिए।
काठमाडौं : भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै कुनै सरकारी कर्मचारी घुस रकमसहित पुग्छ...
काठमाडौं : भारत सरकारको सहयोगमा निर्माण गरिएको सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसको क्याम्पस तथा छात्रावास भवन हस्तान्तरण गरिएको छ ।...
काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री बर्नार्ड क्विन्टिनसँग ब्रसेल्समा भेटवार्ता गरेकी छन् । युरोपेली मामिला एवं वैदेशिक...