काठमाडौं। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठीत संसदीय छानबिन समितिको कार्यअवधि १५ दिन थप भएको छ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा समितिका सभापति सूर्यबहादुर थापाले राखेको १५ दिन म्याद थपको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।
जेठ १५ गते गठन भएको उक्त संसदीय समितिको पहिलो बैठक २२ जेठमा बसेको थियो। पहिले समितिको अवधि ३ महिना तोकिएकाले २२ भदौमा समय सकिंदै थियो।
मंगलबारको बैठकमा समिति सभापति थापाले समितिले सार्वजनिक बिदाको दिन, कार्यालय समय बाहेक बिहान, बेलुका र मध्यरातिसम्म काम गरिरहेको जनाउँ काम तीव्र गतिमा गर्दैगर्दा पनि समितिको कार्यावधि भदौ २२ गते समाप्त हुन लागेकाले धेरै काम बाँकी रहने बताए।
उनले छानबिनको कामलाई पूर्णता दिन दुई साताको समय जरुरी भएको भन्दै म्याद थपको प्रस्ताव गरेका थिए।
काठमाडौं : नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको सहयोगमा तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ। शुक्रबार तेह्रथुम...
हेमन्त केसी/रासस सुर्खेत : लामो समयदेखि ठेक्का अलपत्र पार्दै आएका निर्माण व्यवसायीलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय बोलाएर छलफल...
काठमाडौँ : राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । एनपीएलको आजकोे पहिलो खेलमा लुम्बिनी लायन्स र...