कांग्रेस र एमालेबीच खास खास कुरामा एउटै धारणा छः देउवा – Naya Bikalpa
December 14, 2024, Saturday

कांग्रेस र एमालेबीच खास खास कुरामा एउटै धारणा छः देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिस्पर्धी पार्टी भए पनि खासखास कुरामा कांग्रेस र एमालेको एउटै धारणा रहेको बताएका छन्।

नेपाल निजामती कर्मचारी युनियनको कार्यक्रममा बोल्दै सभापति देउवाले प्रजातान्त्रिक प्रणालीलाई जोगाउनुपर्नेमा जोड दिए ।

‘एमाले र काँग्रेस पार्टी मुख्य प्रतिष्पर्धी हौ । कति कुरा समस्या हुन सक्छन्’ उनले भने, ‘तर खास खास कुरामा हाम्रो एउटै धारणा भएकाले कुनै समस्या छैन।’

बहुदलीय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाबारे दुई दलमा कुनै मतभेद नरहेको उनले बताए। देउवाले भने, ‘मलाई विश्वास छ, ओलीजी र मैले मिलेर, अरु साथीहरुले मिलेर पनि अहिले प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थालाई अझ बढी स्थायी गराउनुपर्छ।’

 

सम्बन्धित समाचार

अनुसन्धान अधिकृतलाई आरोपीले घुस दिन खोजेपछि …
अनुसन्धान अधिकृतलाई आरोपीले घुस दिन खोजेपछि …
  • २०८१ भाद्र १९, १७: २४

काठमाडौं : भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै कुनै सरकारी कर्मचारी घुस रकमसहित पुग्छ...

भारत सरकारको सहयोगमा निर्मित सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसको भवन हस्तान्तरण
भारत सरकारको सहयोगमा निर्मित सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसको भवन हस्तान्तरण
  • २०८१ भाद्र १९, १७: २४

काठमाडौं : भारत सरकारको सहयोगमा निर्माण गरिएको सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसको क्याम्पस तथा छात्रावास भवन हस्तान्तरण गरिएको छ ।...

परराष्ट्रमन्त्री राणा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता
परराष्ट्रमन्त्री राणा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता
  • २०८१ भाद्र १९, १७: २४

काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री बर्नार्ड क्विन्टिनसँग ब्रसेल्समा भेटवार्ता गरेकी छन् । युरोपेली मामिला एवं वैदेशिक...