सहकारी मन्त्रीको आरोप सहकारी ‘पीडित’माथिः सस्तोमा ऋण लिएर सहकारीबाट धेरै ब्याज खानेहरु’ – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

सहकारी मन्त्रीको आरोप सहकारी ‘पीडित’माथिः सस्तोमा ऋण लिएर सहकारीबाट धेरै ब्याज खानेहरु’

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आन्दोलनरत सहकारी पीडितहरुलाई सस्तोमा ऋण लिएर धेरै ब्याज खानेहरु भनी टिप्पणी गरेका छन्।

सहकारी पत्रकार समाजले बुधबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री अधिकारीले बैंकबाट सस्तो ब्याजमा पैसा लिने र त्यसलाई सहकारीमा राखेर बढी ब्याज खानेहरुले आन्दोलन गरिरहेको आरोप लगाएका हुन्।

उनले आफू मन्त्री भएलगतै सहकारी पीडितहरुसँग वार्ता गरेर ८बुँदे सहमति गरेको र संसदले संसदीय छानविन समिति बनाएर काम गरिरहेकाले त्यस विषयमा प्रतिवेदनको प्रतिक्षा गरिरहेको बताए।

छानविन समितिको प्रतिवेदन आएसँगै कार्यान्वयन गर्ने भन्दै उनले भने, ‘साना रकम जम्मा गर्ने वचतकर्ताहरु वास्तविक सहकारी पीडित हुनुहुन्छ ।’

आफूसँग धेरै भएको सम्पती भएकाहरु र बैंकबाट सस्तो ब्याजमा पैसा लिएर सहकारीमा राखेर धेरै ब्याज खानेहरु अहिले सहकारीको आन्दोलनमा लागेको बताए।

उनले आन्दोलनको नेतृत्व गर्नेहरुले पीडितहरुसँग फाइदा लिन र अर्को उद्देश्य पूरा गर्न लागि परेको दाबी गरे।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ भाद्र १९, १८: ४०

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ भाद्र १९, १८: ४०

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ भाद्र १९, १८: ४०

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...