
कञ्चनपुर। गृहमन्त्री रमेश लेखकले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको महेन्द्रनगरकी निर्मला पन्त प्रकरणको सूक्ष्मरूपमा अनुसन्धान हुने बताए।
प्रेस युनियन कञ्चनपुरद्वारा आज महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ‘यो प्रकरण मैले गम्भीरताका साथ लिएको छु। यो घटनाको सूक्ष्म ढङ्गले अनुसन्धान हुन्छ।’
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको २०७५ साल साउन १० गते बलात्कारपछि हत्या भएको थियो।
घटना भएको ६ वर्ष पुग्न लाग्दा पनि अपराधी पत्ता लाग्न सकेको छैन। सो घटना हुँदा देशमा हालका प्रधानमन्त्री केपी शर्मा ओली नै प्रधानमन्त्री थिए भने गृहमन्त्रीमा तत्कालिन नेकपा माओबादी केन्द्रको तर्फबाट मन्त्री भएका रामबहादुर थापा ‘बादल’ थिए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...