शिक्षालाई व्यवहारिक र जीवनउपयोगी बनाउन आवश्यक– शिक्षामन्त्री भट्टराई – Naya Bikalpa
November 7, 2025, Friday      Epaper
डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४४औं वार्षिकोत्सव

शिक्षालाई व्यवहारिक र जीवनउपयोगी बनाउन आवश्यक– शिक्षामन्त्री भट्टराई

काठमाण्डौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले उच्च शिक्षालाई व्यवहारिक र जीवन उपयोगी बनाउन आवश्यक रहेको बताएकी छन्।

डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४४औं वार्षिकोत्सव समारोहको बिहीबार उद्दघाटन गर्दै मन्त्री भट्टराईले शिक्षा क्षेत्रका चुनौतीहरु चिर्दै शिक्षालाई आशा लाग्दो बनाउन आवश्यक रहेको बताइन।

‘उच्च शिक्षामा थुप्रै चुनौती छन्। विश्वविद्यालयलाई पूर्ण स्वायत्त बनाएर लैजानु पर्ने छ। अध्ययनको लागि विदेशिने विद्यार्थीको संख्या बढ्दो छ। बाहिर गए भनेर चिन्ता गर्ने होइन। वाहिरबाट नेपालमा पढ्न आउने वातावरण बनाउन सक्नुपर्छ’ उनले भनिन्, ‘हामीले बनाउने नीति १० वर्षपछिको पुस्तालाई सम्बोधन गर्ने खालको हुनुपर्छ।’

पद्यकन्या विद्याश्रम माविकी पूर्वविद्यार्थी भट्टराईले नारी शिक्षाको लागि क्याम्पसको ठूलो योगदान रहको भन्दै क्याम्पसको समग्र विकासका लागि आफुले सक्दो प्रयास गर्ने प्रतिविद्धता व्यक्त गरिन।

पूर्वमन्त्री तथा प्रदेश सांसद दीपेन्द्र श्रेष्ठले शिक्षामा सबैको पहुँच अभिवृद्धि गर्न सामुदायिक क्याम्पसको शिक्षालाई आर्कषणको केन्द्र बनाउन सोही अनुरुपको नीति आवश्यक रहेको बताए।

डिल्लीबजार कन्या बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अपराजिता अर्यालले २०३७ सालमा स्थापना भएको क्याम्पसमा स्नातक तहमा बीबीएस, बीए तथा बीएड र स्नातकोत्तर तहमा एमए अंग्रजी, एमए समाजशास्त्र, तथा एमबीएसको अध्यन हुने गरेको र हाल क्याम्पसमा करिब ८ सय विद्यार्थी अध्ययनरत रहेको जानकारी दिइन्।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष डा.रुद्र शर्माले सर्वसुलभ गुणस्तरिय तथा व्यवहारिक शिक्षाको लागि राज्यले उचीत पहल गर्नु पर्ने बताए।

कार्यक्रममा शिक्षा मन्त्रीले विशिष्ठ प्राज्ञिक पुरस्कारबाट डा.हरिहर घिमिरे, डा.आनन्द प्रसाद पन्त, दीर्घसेवा सम्मानबाट प्राध्यापक कृष्णराज अर्याल, कर्मचारी बिष्णु तिमिल्सिना, रुद्रप्रसाद अधिकारीलाई सम्मान गरिन्।

पूर्वमन्त्री तथा क्याम्पस सञ्चालक समितिका सदस्य विक्रम थापा, पद्यकन्या विद्याश्रम मा.वि.का प्राचार्य तथा क्याम्पस व्यवस्थापन समिति सदस्य रीता तिवारीले नारी शिक्षको क्षेत्रमा कलेजले दिएको योगदानको चर्चा गरे।

सो अवसरमा विभिन्न संकायमा सर्वोत्कृष्ट अंक ल्याउने छात्राहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान प्रदान गर्नु भएको थियो।

सम्बन्धित समाचार

अदालतले प्रतिनिधि सभा पुनर्स्थापना नगरे, राष्ट्रपतिले गर्नुपर्छ : ओली
अदालतले प्रतिनिधि सभा पुनर्स्थापना नगरे, राष्ट्रपतिले गर्नुपर्छ : ओली
  • २०८१ भाद्र २०, १९: २५

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधि सभा पुनर्स्थापना गर्नुपर्ने बताएका...

सर्वोच्च अदालत आगामी मंसिर १ देखि पूर्ण रूपमा सञ्चालन हुने
सर्वोच्च अदालत आगामी मंसिर १ देखि पूर्ण रूपमा सञ्चालन हुने
  • २०८१ भाद्र २०, १९: २५

काठमाडौं : आगामी मंसिर १ गतेदेखि सर्वोच्च अदालत पूर्णरुपमा सञ्चालनमा आउने भएको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनमा आगजनी...

परिवर्तित अवस्थामा पार्टीभित्र एकता आवश्यक : डा. शेखर कोइराला
परिवर्तित अवस्थामा पार्टीभित्र एकता आवश्यक : डा. शेखर कोइराला
  • २०८१ भाद्र २०, १९: २५

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले परिवर्तित राजनीतिक परिस्थितिमा पार्टीभित्र एकता र जिम्मेवार सहकार्य अपरिहार्य भएको बताएका छन्।...