
काठमाडौं : प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मुलुकलाई अस्थिरता र अराजकतातिर धकेल्ने साधनका रुपमा मिडियाको दुरुपयोग नगर्न सम्बन्धित सबैको ध्यानाकर्षण गराएका छन् ।
गैरजिम्मेवार र आधारहीन सूचना सम्प्रेषण गर्ने युट्युव र अनलाइन मिडियालाई काउन्सिलले निगरानीमा राख्दै कारवाही गर्दै आएको उनले बताए ।
‘आफूलाई मिडियाको परिचय दिइ विभिन्न स्वार्थ पूरा गर्न हावादारी सूचना दिने काम कतिपयबाट भएका छन् । समाजलाई अस्थिरता र अराजकतातिर धकेल्ने साधन बन्ने र मलजल गर्ने मिडिया कारबाहीमा परिरहेका छन्,’ बिहीबार काउन्सिलमा आयोजित एक कार्यक्रममा अध्यक्ष बस्नेतले भने ।
उनले योजनाबद्ध किसिमले गलत र मिथ्या सूचना दिनु प्रेस स्वतन्त्रताको दुरुपयोग हुने भएकाले त्यस्ता पत्रकारको कार्ड खोस्नेदेखि हदैसम्मको कारबाही गर्ने अभियानमा काउन्सिल जुटेको जानकारी दिए । उनले स्वतन्त्रताको दुरुपयोग गर्ने मिडियाप्रति जनविश्वास नहुने र आफै खुम्चिने समेत बताए ।
‘युट्युब र अन्य सामाजिक सञ्जालले आफू कतै, कुनै गलत तत्व वा गिरोहबाट परिचालित त भइरहेका छैनौं भन्नेतर्फ हमेशा ख्याल गर्नुपर्छ । त्यसरी परिचालित हुनु प्रेस स्वतन्त्रताको गम्भीर उल्लंघन हो । यस्तोमा काउन्सिलले हस्तक्षेप गर्छ,’ सम्पादकहरुसँगको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष बस्नेतले ध्यानाकर्षण गराउँदै भने ।
प्रेस काउन्सिलले युट्युब माध्यमलाई व्यवस्थित बनाउन कार्यविधि बनाइ वर्गीकरण गरेको छ । बिना दर्ता सञ्चालनमा रहेका र आपत्तिजनक, गैरजिम्मेवार सञ्जाललाई अपराधजन्य कसुरमा कारबाही गर्दै आएको छ ।
पछिल्लो ३ महिनायता ४९ वटा विभिन्न युट्युब च्यानल काउन्सिलको कारबाहीमा परेका छन् ।
अभिमुखीकरण कार्यक्रममा काउन्सिलका बोर्ड सदस्य रामप्रसाद दाहालले पत्रकार आचारसंहिता र अनुगमन अधिकृत महेन्द्र सिंहले सञ्चार निर्देशिकाको अवस्थाबारे प्रस्तुति राखेका थिए ।
काउन्सिलले २ वर्षयता अनलाइन सञ्चारमाध्यमलाई आचारसंहिता पालनामा केन्द्रित गराउन अभिमुखीकरण कक्षालाई अनिवार्य गराएको छ । साथै, सञ्चारमाध्यमका रुपमा चल्ने युट्युब च्यानललाई समेत दर्ता र पत्रकार आचारसंहिताको कक्षा लिनुपर्ने कार्यविधि बनाइ लागू गरेको छ ।
काठमाडौं । बलिउड फिल्म ‘रामायण’ले प्रदर्शनको आठ दिनमै विश्वभरबाट एक हजार करोड भारतीय रुपैयाँभन्दा बढी कमाइ गरेको छ । नितेश...
काठमाडौं । तीन दिनदेखि काठमाडौंमा जारी ‘काठमाडौं हरर फिल्म फेस्ट’को दोस्रो संस्करण सम्पन्न भएको छ । नेपालसहित विभिन्न देशका हरर...
काठमाडौं । भारतीय अभिनेत्री शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रका चर्चित व्यक्तित्वहरूको सहभागितामा काठमाडौं फिल्म फेस्टिभल आयोजना हुने भएको छ ।...