
काठमाडौं। गत साउन ९ गते काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे गठित जाँचबुझ समितिले जहाज दूर्घटनाका कारणसहित सुझाव प्रतिवेदन मन्त्रालयलाई बुझाएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा गठित आयोगले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई बुझाएको प्रारिम्भिक प्रतिवेदनमा लगेजको असन्तुलन र पाइलटले जहाज टेकअफ गर्दा आई पिच लिनुलाई जहाज दुर्घटनाको मूल कारण मानेको छ।
प्रतिवेदनमा जहाज दुर्घटनाको मुख्य कारणमा जहाजको तौल सन्तुलन नमिलेको, टेकअफको गति, उडान अनुमति प्रक्रिया, मानवीय पक्ष र उडान सुरक्षा प्रणालीको कमजोरीलाई देखाइएको हो।
तौल र टेकअफको गति नमिलेका कारण जहाजले उचाइ लिन नसकेको प्रारम्भिक प्रतिवेदनमा जनाइएको छ। ‘पाइलटले जहाज टेकअफका क्रममा अस्वाभाविक हाइ पिच लिएको एफडीआरबाट देखियो।
‘टेकअफ पिचको गति ३ डिग्री प्रति सेकेन्ड हुनुपर्नेमा ८.६ डिग्री प्रतिसेकेण्ड देखियो,’ रिपोर्टमा भनिएको छ।
मर्मतका लागि राखिएका सामग्री जहाजमा नबाँधेर राखेको, सबैतिर तौलको सन्तुलन नमिलाएका कारण जहाजले टेकअफ गर्न साथ सामान सरेर सन्तुलन बिग्रिएको आयोगको प्रारम्भिक निष्कर्ष छ।
जहाजको इन्जिनमा कुनै खराबी नदेखिएको बताएको जाँचबुझ आयोगले ब्यागेजसहित जहाजको कूल तौल १८ हजार १३२ किलो तौलसहित जहाजले टेकअफ गरेको जनाएको छ। जहाजमा थप २ हजार किलो इन्धन थियो।
‘टेकअफ वेट’लाई तोकिएको जहाजको गति (भी स्पिड) नै गलत दिइएको निष्कर्ष अध्ययनको छ। मर्मतका लागि उडेको जहाजलाई दिइएको अनुमतिको कार्यविधिसमेत पालना नभएको जनाइएको छ।
दुर्घटना जाँचबुझ आयोगले तत्कालका लागि सुधार गर्नुपर्ने तीनवटा सुरक्षा सिफारिस गरेको छ ।
आयोगले सबै वायुसेवा सञ्चालकले तत्कालै आफ्नो स्पिडकार्ड र आरटिओडब्लू चार्टहरू पुनरावलोकन गर्नुपर्ने, सबै अपरेटरले सामान र कार्गोको तौल, त्यसको विवरण र ल्याचिङ सञ्चालन म्यानुअल र ग्राउन्ड ह्यान्डलिङ म्याअनुलमा निर्दिष्ट भएअनुसार सुनिश्चित गर्नुपर्ने सुझाव दिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नियमितबाहेकका ‘गैरआम्दानी’ वा ‘फेरि’ उडानहरूको अनुमति दिनका लागि कार्यविधि बनाउन सुझाव दिइएको छ।
विस्तृत परीक्षण (सि–चेक) का लागि पोखरा उडेको सो जहाजमा कम्पनीका प्राविधिक कर्मचारीबाहेकका यात्रु सवार रहेको विषयमा भने जाँचबुझ समितिले कुनै विषय उठान गरेको छैन ।
आवश्यक प्राविधिक कर्मचारीबाहेक एयर होस्टेसलाई समेत उडाउन नमिल्ने उक्त उडानमा उड्डयन सुरक्षाको नियम अनुसार कम्पनीका प्राविधिकका नाबालक छोरा र श्रीमतीलाई समेत उडाइएको थियो।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...