कीर्ते मुद्धामा पक्राउ परेका लुम्बिनी प्रदेश सांसद केसी एक दिनमा रिहा – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

कीर्ते मुद्धामा पक्राउ परेका लुम्बिनी प्रदेश सांसद केसी एक दिनमा रिहा

काठमाडौं। धेरैलाई पत्यार नलाग्न सक्छ र विश्वास नहुन सक्छ कि – अदालतको फैसलाबमोजिम एक वर्ष कैद सजाय भुक्तानका लागि पक्राउ परेको दोषी भोलीपल्टै छुट्न सक्छ । तर विश्वास गर्नै पर्ने घटना भएको छ रुकुममा ।

किर्ते मुद्दामा दोषी ठहर भएका लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर केसी ‘डिबी’ कारागार नै नबसी रिहाइ भएका छन्। ३३ वर्ष पुरानो मुद्दामा दोषी ठहर भइ अदालतले जेल चलान गर्न आदेश दिएका केसी पक्राउ परेको एक दिनमा रिहा भएका हुन्।

अदालतले उनलाई फौजदारी अपराधसंहिता २०७४ को सुविधाअनुसार एक वर्षसम्म कैद सजाय तोकिएका व्यक्तिले रकम जम्मा गरेमा जेल सजाय भोग्नु नपर्ने प्रावधान बमोजिम १ लाख ९ हजार २ सय रुपैयाँ बुझाएर रिहा भएको बताइएको छ।

श्रीमतीसँगको अंश मुद्दामा किर्ते गरेको अभियोगमा साविक रुकुम जिल्ला अदालतले उनलाई ०४८ असार ९ गते दोषी ठहर गरेको थियो।

एक वर्ष जेल सजाय र २ हजार जरिवाना तोकिएका सांसद केसीले आइतबार रुकुम पूर्व जिल्ला अदालतमा उपस्थित भएका थिए।

अदालतबाट दोषी ठहर भएका केसीलाई आइतबार नै कारागार चलान गर्न भनिएको थियो। तर रुकुम पूर्वमा कारागार नभएकाले उनलाई रुकुम पश्चिमको कारागारमा पठाइएको थियो।

कारागार स्रोतका अनुसार प्रहरीले भने सांसद केसीलाई कारागारमा नै राखेको थिएन ।

‘दिउँसो ३ बजे रुकुम पश्चिम ल्याएपछि उनलाई दिनभर प्रहरीले आफ्नै नियणन्त्रणमा राख्यो’, स्रोतले भन्यो, ‘तर उनलाई कारागार नै लगिएन।’

आइतबार राति नै सांसद केसीलाई उनको सहयोगीसहित जेलर ताराबहादुर कुँवरको कार्यकक्षमा राखियो। जेलरको कार्यकक्ष भाडामा लिएको अफिस हो।

सांसद केसीलाई कारागारको गेट बाहिर भएको जेलर कुँवरको कार्यकक्षमा रातभर राखिएको थियो। सोमबार बिहानसम्म पनि उनलाई कारागार नराखी सिधै अदालत पु¥याइएको थियो।

माओवादी निकट संगठनहरुले सांसद केसीको रिहाइमा विरोध प्रदर्शन गरेका छन्। दोषी ठहर भएका केसीलाई सजाय मिनाह गरेको भन्दै अखिल क्रान्तिकारी र वाइसीएलले रुकुम पूर्वको जिल्लाअदालत अघि विरोध प्रदर्शन गरेका थिए।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ भाद्र २४, १७: ०९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ भाद्र २४, १७: ०९

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ भाद्र २४, १७: ०९

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...