
अछाम। नेकपा (एमाले) का नेता तथा पूर्वउपाध्यक्ष भीम रावलले आफूमाथि कारबाही गरेर देखाउन पार्टी नेतृत्वलाई चुनौति दिएका छन्।
अछाममा मंगलबार भएको पत्रकार सम्मेलनमा नेता रावलले आफूलाई कारबाही गरेर देखाउन एमालेलाई चुनौती दिएका हुन्।
देश, जनता र पार्टीले लिएको नीतिको पक्षमा आफू खडा भएको केही मानिसहरुलाई बिझाई रहेको भन्दै उनले त्यस्ता पात्र र प्रवृत्तिलाई चुनौति दिन आफू सक्षम रहेको बताए।
पार्टी विचार–शुन्य अवस्थामा पुगेको भन्दै रावलले आफू पार्टीको विधि, विधान र सिद्धान्तको पक्षमा बोल्दै आएकोतर्फ सबैको ध्यानाकर्षण पनि गराउन खोजीरहेको बताए।
पार्टीबाट कारबाहीको तयारी भइरहेको छ भन्ने सुनिन्छ नि भन्ने प्रश्नमा उनले भने, ‘पार्टीको सिद्धान्तलाई जोगाउनुपर्छ, विधि विधानअनुसार पार्टी चल्नुपर्छ भन्ने मत राखेकै कारण मलाई कारबाही गरिन्छ भने त्यो गरेर देखाउन ठाडो चुनौती दिन्छु।’
उनले नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने हल्लामा सत्यता नरहेको भन्दै कार्यकर्ताको जनचाहाना र सुझावअनुसार अघि बढ्ने जनाए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...