४ महिनाअघि पिआरधारीसँग बिहे गरी सिड्नी पुगेकी झापाकी शिवाकोटी मृत्य भेटिइन् – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

४ महिनाअघि पिआरधारीसँग बिहे गरी सिड्नी पुगेकी झापाकी शिवाकोटी मृत्य भेटिइन्

काठमाडौं। अस्ट्रेलियाको सिड्नीमा एक एक झापाली युवती मृत भेटिएकी छिन्। आइतबार राति सिड्नीको सेन्ट्रलस्थित एक पार्कमा मेचीनगर नगरपालिका–४ धाइजनकी २७ वर्षीया दिक्षा शिवाकोटी मृत भेटिएकी हुन्।

उनको मृत्युबारे स्थानीय प्रहरीले अनुसन्धान अगाडि बढाइसकेको छ। विवाहित दीक्षा चार महिनाअघि मात्र अस्ट्रेलिया पुगेकी थिइन्।

सिड्नीमा काम गर्न थालेकी शिवाकोटी भदौ २३ गते (सेप्टेम्बर ८) कामबाट निस्केपछि बेपत्ता भएकी थिइन्। खोजी गर्ने क्रममा उनको शव पार्कमा झुण्डिएको अवस्थामा फेला परेको अस्ट्रेलियास्थित नेपाली सञ्चारमाध्यमले जनाएका छन्।

उनका माइती पक्षले दिक्षाको मृत्युलाई आत्महत्याको रूपमा स्विकार गरेको छैन। उनीहरूले आत्महत्या दुरूत्साहनमा पतिलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग गरेका छन्।

माइती पक्षले अस्ट्रेलियाको पिआर पाएका श्रीमानले उनलाई अस्ट्रेलिया गलत बाटोबाट लगेको दाबी गरेका छन्।

उनका श्रीमानले आफ्नो पहिलेको बिहेको बारेमा ढाँटेको समेत पाइएको परिवारले बताएको छ।

उनको परिवारले यस घटनाको सत्य तथ्य र निष्पक्ष अनुसन्धानका लागि अनुरोध गरेको छ। साथै अन्तिम संस्कारका लागि दिक्षाको शव नेपाल पठाइदिन नेपाली समुदायसँग उनीहरूले आग्रह गरेका छन्।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ भाद्र २६, १७: १६

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ भाद्र २६, १७: १६

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८१ भाद्र २६, १७: १६

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...