
काठमाडौ। नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पदबाट दिएको राजिनामा महासंघले स्वीकृत गरेको छ।
महासंघका उपलब्ध पदाधिकारी तथा सदस्यहरूको बुधबार दिउँसो कार्यबाहक अध्यक्ष रमेश विष्टको अध्यक्षतामा बसेको बैठकले उनलेको राजिनामा स्वीकृत गरेको हो।
बैठकले महासंघ अध्यक्ष पोख्रेलले राजीनामा दिएपछि उत्पन्न परिस्थितिका बारेमा समीक्षा गर्नुका साथै कार्यबाहक अध्यक्षका रुपमा वरिष्ठ उपाध्यक्ष रमेश विष्टले आजैदेखि कार्यभार सम्हाल्ने निर्णय गरेको महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
बैठकले महासंघको निर्वाचन घोषित मिति अर्थात आगामी असोज ५ गते नै सम्पन्न गराउने निर्णय गर्यो। त्यसका लागि निर्वाचन समितिसहित सबै सरोकारवाला पक्षसँग गम्भीर छलफल गरी अघि बढ्ने निर्णय भएको जनाइएको छ।
महासंघले अध्यक्ष पोख्रेलले अहिलेसम्म पदमा बसेर पुर्याएको योगदानका लागि हार्दिक धन्यवाद समेत व्यक्त गरेको छ।

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...